काठमाडौँ । प्रहरीले ९२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको संयुक्त टीमले उनीहरुलाई पक्राउ गरेको हो ।
राजधानीका मनमैजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाई चिनियाँहरुले शंकास्पद गतिविधि गरेको रिर्पोट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापालाई बुझाएसँगै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष निर्देशनमा खटाएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सोमबार गरेको संयुक्त अपरेशनका क्रममा उक्त स्थानबाट अहिलेसम्म ९२ जना चिनियाँ नागरिकहरु पक्राउ प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका मध्ये अधिकांश चिनियाँ नागरिकको भीसाको म्याद सकिएको छ।