अपहरणमा परेका गाउँपालिका अध्यक्षको उद्धार « प्रशासन
Logo ४ असार २०८१, मंगलबार
   

अपहरणमा परेका गाउँपालिका अध्यक्षको उद्धार


६ पुस २०७६, आइतबार


काठमाडौँ । विप्लव नेतृत्वको पार्टीको अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही अपहरण मुक्त भएका छन्। शाहीलाई प्रहरीले आइतबार साँझ कालिकोटको शुपालिका गाउँपालिको एक जंगलबाट सकुसल उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार विप्लव कार्यकर्ताले एकान्त जंगलमा राखेको अवस्थामा उनको उद्धार गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष शाहीसहित पत्नी र भाइ शनिबार मध्यराति अपहरणमा परेका थिए। अध्यक्ष शाहीसँगै अपहरणमा परेकी पत्नी इला शाही भने यसअघि नै छुटेकी छन्।

प्रहरीले घेरा हाल्नुअघि नै विप्लव कार्यकर्ता भने उनलाई छोडेर भागेको प्रहरी अधिकारीको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस