१. सन् २०१९ डिसेम्बर १४ मा बेलायतको लन्डनमा सम्पन्न मिस वल्र्ड २०१९ को उपाधि जित्ने युवती को हुन् ?
♦ टोनी एन सिंह, जमैका
२. काठमाडौँ महानगरपालिकाका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठको निधन कहिले भयो ?
♦ विक्रम संवत् २०७६ मङ्सिर २७
३. सन् २०१९ डिसेम्बर १२ मा सम्पन्न बेलायतको संसद्को निर्वाचनमा बहुमत ल्याउन सफल पार्टी कुन हो ?
♦ कन्जरभेटिभ पार्टी
४. हिमालय टेलिभिजनबाट प्रसारित रियालिटी–सो दी भ्वाइस अफ नेपाल सिजन–२ को उपाधि कसले जित्यो ?
♦ राम लिम्बू
५. विसं २०७६ मङ्सिर २८ मा मनाइएको १३औँ सङ्घीय संसद् दिवसको नारा के हो ?
♦ लगनशीलता र कर्तव्यनिष्ठता, संसद् दिवसको प्रतिष्ठा
६. अमेरिका र चीनबीच व्यापार सहमति कहिले भएको हो ?
♦ सन् २०१९ डिसेम्बर
७. सरकारले विद्युतीय आमसञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थ र मदिराको विज्ञापनमा कहिलेदेखि प्रतिबन्ध लगाएको हो ?
♦ विसं २०५५ फागुन ७
८. नेपाल सरकारले नेपालको मध्यपश्चिम एवम् सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको हलियाप्रथा उन्मूलन गर्ने निर्णय कहिले ग¥यो ?
♦ विसं २०६५ भदौ २१
९. विश्वकै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न सफल नेतृ को हुनुहुन्छ ?
♦ फिनल्यान्डकी सान्ना मरिन (३४ वर्ष)
१०. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् २०१९ डिसेम्बर १० मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकाङ्क, २०१९ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
♦ १४७औँ
११. गुणस्तरीय कृषि उपज उत्पादनका लागि असल कृषि अभ्यास मापदण्ड (गुड एग्रिकल्चर प्राक्टिस– ग्याप) को प्रमाणपत्र प्राप्त गर्ने पहिलो तीन कृषि फार्म कुन–कुन हुन् ?
♦ ललितपुरको टीकालीस्थित कृषि परियोजना, काठमाडौँको रामकोटस्थित सदावहार कृषि फार्म र रामकोटकै मैत्रीमङ्गलम अर्गानिक कृषि फार्म ।
१२. समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय योजना आयोगद्वारा तय गरिएका सूचक कतिवटा छन् ?
♦ ५५
१३. पृथ्वीको तरल इन्द्रेणी भनी चिनिने नदी कुन हो ?
♦ क्यानो कृस्टालेस (कोलम्बिया)
१४. सार्वजनिक यातायात सेवा निःशुल्क गर्ने विश्वकै पहिलो मुलुक कुन हो ?
♦ लक्जेम्वर्ग ।
१५. पाइलटको सहायताविना जहाजको उडान एवंम् अवतरण गर्ने प्रविधिलाई के भनिन्छ ?
♦ स्याटेलाइट नेभिगेसन सिस्टम
१६. नागरिक स्वस्थताका आधारमा सफलता मापन गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?
♦ न्युजिल्यान्ड
१७. आईएसआईले भारतको जम्मु र कास्मिरमा नयाँ राज्य स्थापना गर्ने घोषणा कहिले गरेको हो ?
♦ सन् २०१९ मे
१८. नेपालमा ज्येष्ठ नागरिक दिवस कहिलेदेखि मनाउन सुरु गरिएको हो ?
♦ विसं २०६२
१९. राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?
♦ विसं २०३९ कात्तिक ३
२०. सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुनुहुन्छ ?
♦ सुवास नेम्वाङ पेस्की खर्च ऐन, २०६३)
२१. रेड कर्नर नोटिस भनेको के हो ?
♦ अपराधीलाई खोजतलास एवम् पक्राउ गर्न अन्तर्राष्ट्रियस्तरमा जारी गरिने सूचना
२२. नेपालको पहिलो दूतावास कहाँ खोलिएको थियो ?
♦ बेलायत
२३. हालको निजामती किताबखानाले गर्ने काम पहिला कुन अड्डाले गथ्र्यो ?
♦ कमान्डरी किताबखाना
२४. काठमाडौँ महानगरपालिकाले सडक मानवमुक्त महानगर अभियान कहिलेदेखि सुरु गरेको हो ?
♦ विसं २०७६ मङ्सिर २९
२६. नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ?
♦ खड्गशमशेर ।
२७. ‘गेट वे अफ नेपाल’ भनी नेपालको कुन ठाउँलाई चिनिन्छ ?
♦ वीरगन्ज ।
२८. १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबलको उपाधि जित्ने राष्ट्र कुन हो ?
♦ सागमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल राष्ट्र क्रमशः भारत, नेपाल र श्रीलङ्का रहेका ।
२९. आदिप्रयाग भनेर कुन क्षेत्रलाई बुझाउँछ ?
♦ देवघाट
३०. काठमाडौँ उपत्यकामा महानगरीय प्रहरीको व्यवस्था कहिलेदेखि गरियो ?
♦ विसं २०६३ मङ्सिर १
श्रोत : गोरखापत्र