काठमाडौं । दोलखाका सिंचाइ डिभिजन प्रमुख पक्राउ परेका छन् । सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका तत्कालीन प्रमुख प्रकाश अधिकारी पक्राउ परेका हुन्।
रत्ननगर नगरपालिका–४, चितवन घर भई किर्तिपुर नगरपालिका–२, काठमाण्डौं बस्ने अधिकारीलाई तत्कालीन कार्यरत कार्यालयको सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दामा शनिबार काठमाडौंमा पक्राउ गरिएको हो ।
पक्राउ परेका अधिकारी यस अघि सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्वनमा परेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले आवश्यक अनुसन्धानपछि दोलखा प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो ।
उनी तत्कालीन अधिकारी कार्यरत सिंचाई डिभिजन कार्यालयको सरकारी छाप दस्तखत किर्ते मुद्दामा वारदात पश्चात हालसम्म फरार रहेका थिए ।
उनलाई दोलखा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।