बक्सिङमा मिनुले जितिन् स्वर्ण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बक्सिङमा मिनुले जितिन् स्वर्ण


२३ मंसिर २०७६, सोमबार


काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन्।

यससँगै उनी सागमा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला बक्सर बनेकी छन् ।

सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा भारतीय खेलाडीलाई अंकको आधारमा पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन्।

साथै सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस