१ करोड ८४ लाख राजस्व छली, तीन कम्पनी विरुद्ध मुद्दा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

१ करोड ८४ लाख राजस्व छली, तीन कम्पनी विरुद्ध मुद्दा


१६ मंसिर २०७६, सोमबार


राजश्व अनुसन्धान विभाग

काठमाडौं । राजस्व छली गरेको अभियोगमा तीन कम्पनी विरुद्द मुद्दा दायर गरिएको छ । सुर्तिजन्य पदार्थको कारोबार गर्ने तीन कम्पनीविरुद्ध एक करोड ८४ लाख ४१ हजार २ सय ८० रुपैयाँ राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले जिल्ला अदालत कपिलवस्तुमा आइतबार मुद्दा दायर गरेको हो ।

विभागका अनुसार कपिलवस्तु शिवराज नगरपालिका ५ चन्दौटास्थित लुम्बिनी पान मसला तथा सुर्ति गुट्खा उद्योगका प्रोप्राराईटर अब्दुल्ला मुसलमानले ७८ लाख ४८ हजार ८ सय ३१ रुपैयाँ बराबरको रकम राजस्व चुहावट गरेको छ। सोही स्थानका एनएस ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर दुजमान थापाले ५ लाख ४५ हजार रुपैयाँ राजस्व चुहावट गरेको कसुरमा अदालतमा मुद्दा दर्ता भएको छ।

विभागले यी दुबै सञ्चालकको विगो रकम एक करोड ३२ लाख ५४ हजार ५ सय ३६ रुपैयाँ कायम गरी अदालतमा मुद्दा दायर गरेको हो।

त्यस्तै मायाँदेवी गाउँपालिका–८का अर्घाखाँची मेटल स्क्राप सप्लायर्सका प्रोप्राराइटर ३७ वर्षीय सकिल अहमद फकिरले ५१ लाख ८६ हजार सात सय ४४ रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ।

फकिरले १२६७.२ केजी अर्धतयारी सुर्तिवजन्य वस्तु भन्सार चोरी पैठारी गरी उक्त सुर्तिबाट व्राण्ड विनाको सुर्ति तयार गरेको छ। तीन जना विरुद्ध विभागले एक करोड ८४ लाख ४१ हजार २ सय ८० रुपैयाँको विगो रकम कायम गरी दोब्बर रकम र ३ वर्ष कैद सजाय सुनाउन माग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस