२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता

अ+ अ-

गाईघाट । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् ।

जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए । श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विजय मेहताले बताए ।

बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी बताउँछन् । आइतबार बेलुकी मात्र मृतक खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ ।

गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार अनुसार सो दम्पती त्रियुगा नगरपालिका १२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएको थियो । भागी बिहे गरेको र श्रीमान्ले श्रीमतीलाई कोठामा राखेर श्रीमान् अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नभएको बताउँछन् ।

नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए । प्रेम बुढाथोकी बताउनेले आफ्नो नाम थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ । मृतक सुस्मिता भनिने सुष्मा आचार्य भने टङ्प्रसादकी छोरी भएको खुल्न आएको कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा. मेहताले बताए ।

प्रतिक्रिया दिनुहोस