काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका मेजर जिम्मेवारीमा फर्किएका छन् । काक्तिक १० गते सामाखुशीमा जुवाखालबाट पक्राउ परेका मेजर राजेन्द्र शाही जिम्मेवारीमा फर्किएका हुन् ।
जुवाखालबाट प्रहरीले एक लाख ५९ हजार ३ सय रुपैयाँ बरामद गरेको थियो भने शाहीसहित घरधनी सोमबहादुर मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा पक्राउ परेका थिए ।
उनीहरुविरुद्ध जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा चलाइएको थियो । प्रशासनले शाहीलाई २० हजार धरौटीमा छाड्ने आदेश दियो ।