काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चौथोपटक डायलाइसिस गरिएको छ । आइतबार ग्रान्डी अस्पतालमा डायलाइसिस गरिएको हो ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्या सिंह शाहले प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षणपछि डायलाइसिस सुरु गरिएको बताइन् ।
१२ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको १८ देखि २७ साउनसम्म सिंगापुरमा उपचार भएको थियो ।
उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । एन्टिबडी बन्ने प्रक्रिया रोकी बनेको एन्टिबडिज शरीरबाट बाहिर निकालिएको थियो ।