२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुटो कुरा गर्नेलाई जनताले फाल्छन् : सुवाल

अ+ अ-

मध्यपुरथिमि । नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले मङ्सिर १४ गते हुने उपनिर्वाचनमा झुटो कुरा गर्ने पार्टीलाई जनताले पञ्चायतलाई फालेझैँ फाल्ने बताएका छन् ।

नेमकिपाले भक्तपुरको चाँगुनारायणस्थित झौखेलमा आज आयोजना गरेको चुनावीसभामा उनले चुनाव भ्रष्टाचार विरोधी र भ्रष्टाचारीबीचको राजनीतिक लडाइँ भएको बताए ।

नगरकोट सडक दुई वर्षमा बनाउनुपर्नेमा छ वर्ष बित्दा पनि नबनाउने शैलुन कन्स्ट्रक्सनलाई मेलम्चीको पानीको ठेक्का दिनु गलत भएको उनको भनाइ थियो । सचिव सुवालले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको भारतीय अतिक्रमणविरुद्ध सबै पार्टी एकजुट हुनुपर्ने उल्लेख गरे । नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाईँ र सिर्जना सैँजूले आफ्नो पार्टीका उम्मेदवार निरज लवजूलाई मतदान गर्न आग्रह गरे ।

घरघरमा मतदाता शिक्षा

जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचन हुने क्षेत्रका मतदातालाई मतदाता शिक्षा दिन वडा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेको छ ।

मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यको उपनिर्वाचनमा मत कसरी सुरक्षित तरिकाले हाल्ने भन्ने कुरा सिकाउन घरघरमा मतदाता शिक्षा दिने गरी एक वडामा दुई जनाको दरले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी घमचन्द्र तिम्सिनाले बताए ।

चाँगुनारायण नगरपालिका भित्रका नौ वडामा र भक्तपुर नगरपालिकाको १० नम्बर वडाका मतदातालाई मत बदर नहुने गरी कसरी स्वस्तिक छाप लगाउने भन्नेबारे शिक्षा दिन नमूना मतपत्र र स्वस्तिक छापसहित मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पठाइएको उनले बताए ।

उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता गराउन, मतदातालाई मतदान प्रक्रियाको बारेमा जानकारी गराउन, बदर मतको प्रतिशत घटाउन, मतदाता परिचयपत्र वितरण गर्न था उपनिर्वाचनको पोस्टर टाँस्न उनीहरुलाई परिचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस