करको सदुपयोग गर्नु सरकारको दायित्व हो : मन्त्री राई « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

करको सदुपयोग गर्नु सरकारको दायित्व हो : मन्त्री राई


४ मंसिर २०७६, बुधबार


नेपालगञ्ज ।  शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले कालापानी र लिपुलेक नेपालको भू–भाग भएकाले सरकारले फिर्ता ल्याएरै छाड्ने बताएका छन् ।

आज यहाँ भएको सिस्नुपानी नेपालको प्रस्तुति करमैत्री यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले कूटनीतिक वार्ता र छलफलका माध्यमबाट कालापानी र लिपुलेक फिर्ता गरिनेछ भने ।

मन्त्री राईले करमैत्री वातावरण निर्माणका लागि वर्तमान सरकारले उद्योगी व्यवसायीसँग निरन्तर सहकार्य गर्दै आएको बताउँदै कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने त्यसको सदुपयोग गर्नु सरकारको दायित्व हो भने ।

कार्यक्रममा सिस्नुपानी नेपालको तर्फबाट हाँस्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नामे, शिशिर योगीलगायतले करको विषयसम्बन्धी विभिन्न व्यङ्ग्यात्मक रचना प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस