काठमाडौँ । चिकित्सा शिक्षा सुधार अभियन्ता डाक्टर गोविन्द केसीले कालापानीलगायत नेपाली भूमि आफ्नो नक्सामा राखेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन्।
सुदूर पश्चिमको डडेल्धुरामा अनसन बसेका डाक्टर केसीले मंगलबार अनसन स्थगित गर्नुअघि उनले मोदीलाई चिठी लेखेका हुन्। डाक्टर केसीले लेखेको चिठी मंगलबार नै काठमाडौंस्थित भारतीय दूतावासमा बुझाइएको छ ।