२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अ+ अ-

भरतपुर । मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज बिहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको नागरिक समाजका अध्यक्ष केदार मल्लले उद्घाटन गरे ।

कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि शुरु भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए । उनले २७ गते मनोनयन दर्ता र मंसिर १ गते अन्तिम चुनाव चिन्ह वितरणको कार्यक्रम रहेको बताए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।

यस्तै आज नै पूर्वी चितवनको खैरहनी नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पुरानो नगरपालिकाको भवनमा निर्वाचन अधिकृत विद्याराज पौडेलले कार्यालयको उद्घाटन गरे । चितवनमा भरतपुर महानगरपालिका –१६ खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो ।

शक्तिखोर–फिस्लिङ सडक निर्माण तीब्र गतिमा

चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । एशियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम धमाधम भइरहेको हो ।

ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई ललितपुरले अनुगमन गर्ने गरी गत वर्षको पुस महिनामा शिलान्यास भएको सडकको २५ प्रतिशत निर्माणको काम सम्पन्न भएको आयोजनाका इञ्जिनीयर कालीबहादुर शाहीले जानकारी दिए ।

चेपाङको बाहुल्य रहेका पहाडमा पिचसहितको सडक निर्माण हुने भएपछि स्थानीयवासी दङ्ग भएका छन् । स्थानीयवासी शन्तबहादुर चेपाङ दिनभर हिँड्नुपर्ने बाटो सडक निर्माण भएपछि एक÷दुई घण्टामानै पार गर्न सकिने भएको बताए । शक्तिखोरदेखि फिस्लिङसम्मको दुरी ४७ किमि छ । तर ३७।९ किमि सडकमात्रै कालोपत्र हुनेछ । निर्माणको जिम्मा साञ्जी एण्ड आशिष जेभिले पाएको छ ।