३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको सल्लाहमा योजना बाँड्दै सांसद

अ+ अ-

डोल्पा । जनताको सरसल्लाहबाट योजना बाड्न सांसद बिरबहादुर शाही गाँउ पुगेका छन् । कर्णाली प्रदेश सभा सदस्य शाही सांसद निर्वाचन क्षेत्र बिकास कोषको रकम बाँड्न गाउँगाउँमा पुगेका हुन् ।

कर्णाली प्रदेश सरकारमा डोल्पाबाट प्रतिनिधित्व गरेरका सांसद बिरबहादुर शाही र बदमीक्वारा बोहोरा आफ्नो निर्वाचन क्षेत्रका बिकट बस्तीहरुमा पुगेका हुन् ।

डोल्पा निर्वाचन क्षेत्र ख बाट निर्वाचित सांसदर बिरबहादुर शाही र समानुपातिक सांसद बद्मीक्वारा बोहोरा स्थानीयसँग छलफलमा ब्यस्त रहेका छन् ।

सांसदलाइ निर्वाचन क्षेत्र बिकास कोषबाट जनतालाइ के कस्तो बिकास आवश्यक छ, जनताको मागको आधारमा भुगोल हेरेर बिनियोन गर्ने साँसद बिरबहादु शाहीले जानकारी दिए ।

शाहीका अनुसार अन्य निकायबाट प्राप्त बिकास भएको ठाउँमा रकम दुरुपयोग गरे नगरेको, गलत मनासाय हो की आदि कुराकोे छलफल तथा अनुगमनकालागि गाउँगाउँमा पुगेको जानकारी दिए ।

प्रदेश सरकारले आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पुर्वाधार क्षेत्रमा खर्चगर्न पाउने गरि एक सांसद बराबर पाँच करोड रुपैँया छुट्याएको छ ।

गाउँमा धेरै जसो योजना बजेट परेर सम्पन्न भइसक्दा समेत मर्मतका नाममा पुनः बजेट पारेर रकम दुरुपयोग गर्ने परिपाटी कायमै रहेको सांसद द्धयले जानकारी दिए ।

बिकासका नाममा आएको बजेट बडारेर रकम सक्ने गरेकाले त्यस्ता गलत काम गर्नेहरुलाइ खबरदारी गर्न गाउँगाउँ पुगेका शाहीले दावी गरे ।

बिकास गर्न जनताले निर्वाचित गराएर पठाएका हुन भ्रष्टाचार म बाट हुदैन शाहीले बाचा गरे ।

‘म पनि भ्रष्टचार गर्दिन, प्रदेश सरकारका योजनाहरुमा प्रत्यक्ष निगरानि गरिरहेको छु, यदि कसैले बिकासमा भ्रष्टाचारगर्ने प्रयास गरे भने कसैलाइ छोड्दैन चाहे मेरा बुबा किन नहोस्’ शाहीले आफ्ना क्षेत्रका जनताका अगाडि प्रतिबद्धता जनाए ।

गाँउ गाँउमा घुमि रहेका शाहीले भने कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका योजनाहरुमा निकै ठुलो भ्रष्टाचार भएको पाइएको र आफुसँग प्रमाण समेत रहेको बताए ।

‘कुनैपनि बेलामा जो कोहिलाइ मुद्धा लाग्न सक्छ समयमा सचेत रहनु’ भन्दै खबरदारी समेत शाहीले गरे ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै आफ्नो क्षेत्रमा पुग्ने सांसद भन्दैै प्रदेश र स्थानीय तहका योजना अनुगमगर्न आएको साँसद शाहीले बताए ।

सांसदद्धयले निर्वाचन क्षेत्रभित्र पर्ने त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकाका सम्पुर्ण गाउँबस्तीमा पुगेर बिकास बाँडेका छन् ।

आफुहरुले स्थानीय सरकारका प्रतिनिधि,युवा,बुद्धिजिवि र आम नागरिकसँग छलफल गरेर आवाश्यक्ताका आधारमा बिकास बाँडिएको बताउँदै भौतिक पुर्वाधार क्षेत्रलाइ जोड दिएर बिकास बाँडफाँड गरेको सांसद शाहीले बताए ।

बिकासका लागि आएको बजेट सदुपोग नभए कुनैपनि नागरिकले कुनैपनि बेलमा मुद्धा हाल्न सक्ने र त्यसमा आफुहरुले पनि साथ दिने साँसद बदमीक्वारा बोहोराले बताईन ।

प्रतिक्रिया दिनुहोस