२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकार मातहतका योजना समयमै सम्पन्न हुनुपर्छ : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहत रहेर शुरु भएका आयोजना समयमै सम्पन्न हुनुपर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयको रु ५ करोड लागतमा निर्माणाधीन फुटबल मैदानको निर्माण कार्यको आज अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले मैदान निर्माणको काम समय सीमाभित्रै सम्पन्न गर्न निर्देशन दिए ।

हेटौँडाको गौरीटार रङ्गशाला हाताभित्र निर्माणाधीन मैदानको अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले २०७६ सालभित्रै अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान पाउने उल्लेख गरे । मैदानको निर्माणपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने हुँदा यस क्षेत्रको आर्थिक तथा सामाजिक विकाससमेत हुने हुँदा रङ्गशाला तथा यसभित्रका संरचना निर्माण हुँदा स्थानीयले समेत चासो दिनुपर्ने धारणा राखे ।

बाटो घाटो र पुल पुलेसोलाई मात्रै विकास देख्नु नहुने भन्दै मुख्यमन्त्री पौडेलले देशको विकासका लागि स्तरीय रङ्गशालासमेत आवश्यक पर्ने धारणा राखे । ‘यस मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्ने हो भने बाटो घाटो मात्र हैन, देशको मुहार नै फेर्न सक्छौँ’, उनले भने ।

अवलोकनमा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले निर्माणकार्यको अवस्थाको बारेमा जानकारी गराएका थिए । अवलोकनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता रहेको थियो ।