प्रधानमन्त्री अजरबैजान प्रस्थान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री अजरबैजान प्रस्थान


७ कार्तिक २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी ओली अजरबैजान प्रस्थान गरेका छन्। प्रधानमन्त्री असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ लागेका हुन्।

उनी बिहान करिब १२ बजेतिर त्रिभुवन विमानस्थलबाट अरजबैजान प्रस्थान गएका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि अरजबैजान गएकी छन्।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्रसचिव शंकरदास बैरागी जापानबाटै बाकु गएका छन्।

असंलग्न मुलुकबीच द्वन्द्व चर्किरहेको विषयलाई नेपालले जोड दिँदै सहकार्य नै विकासको पहिलो कदम भनेको छ। भ्रमण सकेर प्रधामन्त्री कार्त्तिक २० गते स्वदेश फर्कनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस