२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा सुपथ मूल्य पसल संचालन

अ+ अ-

डोटी । डोटीको केआईसिंह गाउँपालिकाले तिहारको अवसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सस्तो मूल्यमा चिनी र नुन उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाको सहयोगमा गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासनकीय अधिकृत शिद्धराज शर्माले बताए ।

गाउँपालिकाभित्रै पाँच ठाउँमा सञ्चालन हुने सुपथ मूल्य पसलबाट प्रति परिवारलाई ५ किलो चिनी र ३ किलो नुन सुपथ मूल्यमा उपलब्ध गराइने गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताए । उनले भने ‘चाड पर्वको समयमा सर्वसाधारणले सस्तो मूल्यमा उपभोग्य वस्तु पाउन भन्नका लागि हामीले सुपथ मूल्य पसल सञ्चालनमा सहयोग गरेका हौं सुपथ मूल्य पसल कात्तिक ११ गतेसम्म सञ्चालन हुनेछन् । गाउँपालिका भित्र रहेका ४ हजार ५ सय घर परिवारलाई लक्षित गरी पसल सञ्चालनमा ल्याइएको छ । सुपथ मुल्य पसलबाट चिनी प्रतिकिलो साठी रुपैयाँ र नुन प्रतिकिलो ८ रुपैयाँका दरले उपलब्ध गराईने समेत अध्यक्ष शाहीले बताए ।

सुपथ मुल्य पसलहरु सञ्चालन गर्नका लागि स्थानीय सहकारी संस्थाहरुलाई जिम्मा दिइएको गाउँपालिकाका सहकारी संयोजक भरत बमले बताए । गाउँपालिकाको वडा नं. १ र २ का लागि तिखात्तर, वडा नं. ३ का लागि बासुदेवी, वडा नं. ४ का लागि वायल, वडा नं. ५ का लागि रानागाउँ तथा वडा नं. ६ र ७ का लागि भूमिराजमाडौंमा पसल स्थापना गरिएको समेत सहकारी संयोजक बमले जानकारी दिए ।

गाउँपालिकाले दुई सय २० टन चिनी र एक सय ३२ टन नुन खरिद गरी सहकारी संस्थाहरुलाई उपलव्ध गराएको छ । सहकारी संस्थाहरुले सुपथ मूल्य पसलबाट सामग्री बिक्री गरिदिए वापत प्रतिकिलो पाँच रुपैयाँ अनुदान पाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सुपथ मूल्य पसलका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको थियो ।डोटीमा सुपथ मुल्य पसल संचालनमा ल्याउन योे पहिलो गाउँपालिका हो । गाउँपालिकाको सहयोगमा संचालनमा ल्याएको सुपद मुल्य पसल यो दोस्रो पटक हो ।