डब्लुएचओमा जागिर खान स्वास्थ्य सचिवबाट राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डब्लुएचओमा जागिर खान स्वास्थ्य सचिवबाट राजीनामा


६ कार्तिक २०७६, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या सचिव डा.पुष्पा चौधरीले राजीनामा दिएकी छन् । करिब दुई वर्ष कार्यकाल बाँकी रहँदै उनले सोमबार स्वास्थ्य मन्त्रालयमा लिखित राजीनामा बुझाएकी हुन्।

मौखिक रुपमा चौधरीले यसअघि नै राजीनामा दिएको बताउँदै आएपनि सोमबार मात्रै लिखित राजीनामा पत्र मन्त्रालयमा बुझाएकी हुन् । हाल मन्त्रालयमा खगराज बरालसँगै चौधरी सचिवको रुपमा कार्यरत थिइन् ।

उनले विश्व स्वास्थ्य संगठनमा जागिर खान दुई वर्ष अघि नै राजीनामा दिएको बताइएको छ । यस अघि उनलाई स्वास्थ्य सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको थियो। सर्वोच्च अदालतमा मुद्दा हालेर उनी पुनः स्वास्थ्य मन्त्रालयमा फर्किएकी थिइन्।

राजीनामा स्वीकृतिको लागि मन्त्रीपरिषदमा पठाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस