बलभद्र कुँवरको सालिक अनावरण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बलभद्र कुँवरको सालिक अनावरण


प्रशासन संवाददाता

१७ माघ २०७३, सोमबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेकुस्थित राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको नवनिर्मित सालिक सोमवार अनावरण गरेका छन् ।

कुँवरको दुई सय २७ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा ओलीले मुलुकको सीमाको रक्षार्थ इतिहासकालदेखि वीर नेपालीले दिएको योगदानको स्मरण गर्दै बलभद्र र अमरसिंहका असली सन्तान बन्न सबैले प्रयास गर्नुपर्ने बताए ।

“नेपाल इतिहासमा कहिल्यै पनि कसैको अधीनस्थ भएन, यसको स्वतन्त्र अस्तित्व रहँदै आएकाले सार्वभौमसत्ता र स्वतन्त्रता बचाउन एमाले अविचलित हुने छ”,उनले भने । ओलीले संविधानको सही कार्यान्वयनबाट नै नेपालको स्वाधीनताको रक्षा र समृद्धि हुने जनाउँदै सोही कारण एमालेले संशोधनको विरोध गरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस