हिमपहिरोमा परी कम्तीमा सातको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हिमपहिरोमा परी कम्तीमा सातको मृत्यु


१७ माघ २०७३, सोमबार


ताजिकिस्तान(एजेन्सी) । मध्य एसियाली राष्ट्र ताजिकिस्तानको पहाडी इलाकामा शृङ्खलाबद्ध रुपमा गएको हिमपहिरोमा परी कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

ताजिकिस्तानको राजधानी डुशान्बे र खुजान्द सरहको जोड्ने राजमार्गमा गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको सङ्कटकालीन सेवा समितिले जानकारी दिएको छ ।

त्यसैगरी, देशको पूर्वी भागमा पर्ने दुर्गम इलाका पामिर क्षेत्रमा गएको हिमपहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

उद्धारकार्य जारी रहेको तर हताहतको सङ्ख्या लगातार बढी रहेको बताइएको छ । सङ्कटकालीन सेवा समितिका प्रवक्ताले एएफपी समाचार समितिलाई जनाए अनुसार सो इलाकाबाट करिब ८ सय जनालाई सारेर सुरक्षित स्थानमा लगिएको छ ।

ताजिकिस्तानको पूर्वी भागमा पर्ने इलाकामा सन् २०१५ को फेब्रुअरीमा गएको हिमपहिरोमा परी कम्तीमा ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस