२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितुवा नियन्त्रणका लागि विशेष सुरक्षा दस्ता माग

अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ । चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा गर्न नसकिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक र स्थानीयवासीको पहलमा पनि चितुवा नियन्त्रण सम्भव नभएपछि डिभिजन वन कार्यालयले विशेष सुरक्षा दस्ता खटाउन अनुरोध गरेबमोजिम गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले विशेष सुरक्षा दस्तामार्फत् चितुवा नियन्त्रणमा लिइने भएकाले यसमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे । चितुवा नियन्त्रणका लागि नगरपालिकाका सामुदायिक वनमा एघार वटा खोर राखिएको छ । “खोर राखेपनि चितुवा नियन्त्रण हुन सकिरहेको छैन,” उनले भने, “चितुवा नियन्त्रणमा नआउँदासम्म स्थानीयवासीले सचेतना अपनाउनुपर्छ ।”

खाने आहारा जङ्गलमा पाउन छाडेपछि बस्तीनजिकै आहाराको खोजीमा आउने गरेकाले चितुवाले बालबालिकामाथि आक्रमण गरेको बरालको भनाइ छ । “साँझको समयमा बालबालिकालाई जोगाउन आवश्यक छ,” बरालले भने, “घरनजिकैको झाडी सरसफाई, घरबाहिर बत्ती लगायतको व्यवस्था गर्न सकिए आक्रमणबाट केही हदसम्म बच्न सकिन्छ ।”

चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा सो नगरपालिकाका वडा नं १, २, ३ र ४ का पाँच बालबालिकाको मृत्यु भइसकेको छ भने चार जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते वडा नं ३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते वडा नं ४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते वडा नं २ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते वडा नं २ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो ।