धादिङ । धादिङको चालिसेमा शंकास्पद बस्तु फेला परेको छ । जेब्रा झोलाभित्र शंकास्पद वस्तु फेला परेको हो ।
सुरक्षाकर्मीका अनुसार झोलाभित्र प्रेसर कुकर देखिएको र त्यो त्यो विष्फोटक पदार्थ हुनसक्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।







