काठमाडौं । काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या बढ्दै गएको छ । २४ घण्टाको अवधिमा १ लाख ५६ हजार ६ सय ४२ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् ।
महाशाखाका अनुसार २४ हजार ९ सय ८८ गाडीमा ती यात्रु भित्रिएका हुन् । १२ हजार ७ सय गाडीमा ८१ हजार ३ सय ५१ जना यात्रु उपत्यकाबाट बाहिरिएका महाशाखाले जनाएको छ।
उपत्यकामा पछिल्लो २४ घन्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४ सय २९ जना चालक कारवाहीमा परेका छन् ।
जसमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०३, लेन १०६, सडक फुटपाथमा सवारी पार्किङ गर्ने १६६ र निषेधित स्थानमा हर्न बजाउने ६६ जना चालक कारवाहीमा परेका छन्।







