काठमाडौं । सभामुख पदको लागि नेकपा भित्रै तानातान सुरु भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराको बहिर्गमनसँगै सभामुखका लागि नेकपा भित्रैबाट उपयुक्त पात्रको खोजी सुरु भएको छ ।
संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनु छ । उपसभामुखमा हाल नेकपा कै शिवमाया तुम्बाहाम्फे छिन् । सभामुख पद पूर्व माओवादीको भागमा परेको थियो । अहिले पनि आफूहरुबाटै उक्त पद छानीनुपर्ने दावी छ । नेकपाले प्रभावशाली पद गुमाउन चाहेको छैन ।
नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ मुख्य दावेदार गरिएका छन् । सभामुख नेकपाले लिए संविधानअनुसार उपसभामुख पद छाड्नुपर्ने छ ।







