सी चिनफिङ र नेकपा नेताहरूबीच होटल सोल्टीमा सामूहिक भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सी चिनफिङ र नेकपा नेताहरूबीच होटल सोल्टीमा सामूहिक भेटवार्ता


२६ आश्विन २०७६, आइतबार


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीच सामूहिक भेटवार्ता भएको छ ।

आइतबार बिहान १०ः३० बजेदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरूले होटल सोल्टी पुगेर सीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ ।

सी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आएका थिए । अहिले नेपाल–चीन द्विपक्षीय वार्तामा सी सहभागी सहभागी भइरहेका छन् ।

उनी आजै दिउँसो १ बजे स्वदेश फर्कने कार्यतालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस