काठमाडौँ। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटेल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ ।
राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा युरोपियन र चाइनिज परिकारसहित केही नेपाली मौलिक परिकार पस्किइँदै छ ।
मेन्युअनुसार सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमीसँग भटमास साँधेको दिइनेछ । त्यसपछि कुरिलो र क्वाँटीको रस दिइनेछ ।
त्यसपछि युरोपियन र चाइनिज परिकार पस्किइने छ ।
अन्तिममा इलामको चिया वा गुल्मीको कफी खाएपछि रात्रीभोज सकिनेछ ।