२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सधैँको पीर सिद्धबाबा भिर

अ+ अ-

रुपन्देही । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुङ्गा खस्यो । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुङ्गा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए । ढुङ्गा खसेर बसको अगाडिको भागमा बज्रिँदा बसका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ बस्ने ३५ वर्षीय कमल राउत गम्भीर घाइते भए । बसमा सवार अन्य यात्रु भने सकुशल नै रहे ।

झण्डै चार हप्ताअघि भदौ २७ गतेका दिन यही सडकखण्डकोे सिद्धबाबा क्षेत्रमा एकैचोटि दुई वटा गाडी पहिरोले पुर्‍यो । पाल्पातर्फ जाँदै गरेको लु१ज २६१७ नंको जीप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु२च ५९३८ नंको स्कारपियो पहिरोले पुरिँदा गुल्मी छापचौरका कमल सुनारले ज्यान गुमाए । अन्य चार जना घाइते भए ।

यो घटनाको ठीक एक महीना अगाडि गत असार २८ गते सिद्धबाबा क्षेत्रमै पहिरोमा परेर पाल्पा मित्यालका धनबहादुर सुनारीले ज्यान गुमाए । लु५०प ४६७१ नंको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गर्दा सुनारी पहिरोमा परेका थिए । पहिरोसँगै बगेर भिरमा अड्किएका सुनारीको शव ३ घण्टापछि प्रहरीले भिरबाट निकालेको थियो ।

हिउँद होस् या बर्खा सिद्धबाबा क्षेत्रमा गइरहने पहिरोले यहाँको यात्रा निकै कष्टकर र त्रासदीपूर्ण बन्ने गरेको छ । यात्रु तथा सवारी चालकले ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको गुनासो गर्छन । “सिद्धबाबा त अहिले सारै डरलाग्दो भयो, सडक पार नगर्दासम्म कहाँनिर ढुङ्गा खस्छ भनेर गाडी कुदाउनुपर्छ”, विगत १० वर्षदेखि बुटवल–तम्घास–अर्घाखाँची रुटमा सवारी चलाउँदै आएका कुलबहादुर रास्कोटी भन्छन्, “अब यो सडकको विकल्प खोज्नुपर्छ ।”

मौसम खराब हुने बित्तिकै सिद्धबाबामा पहिरो र ढुङ्गा खस्ने भएका कारण बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जातर्फ जाने सवारी चालकहरु डराउँछन् । पानी परेका बेला त्यतातिर गाडी जान मान्दैनन्, गए पनि ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता छ, बुटवल पाल्पा बस काउन्टरका कर्मचारी जोग बहादुर श्रेष्ठ भन्छन् ।

सिद्धबाबा क्षेत्र हुँदै प्रत्येक दिन सानाठूला गरी चार हजार एक सय सवारी गुड्ने गरेको दोभान प्रहरी चौकीका हवल्दार पाराशोर डाँगीले जानकारी दिनुभयो । बुटवल बसपार्कबाट पाल्पाका लागि दैनिक ५२ वटा बस छुट्छन् । तीमध्ये नौ वटा पाल्पाका खानीगाउँ, दर्लम, बतासे लगायतका स्थानमा पुग्छन् । प्रत्येक १५/१५ मिनेटमा सिद्धबाबाको जोखिमयुक्त सडक पार गरेर सवारी चालक र यात्रुहरुले यात्रा गर्ने गर्छन । “अप्ठ्यारो भनेर के गर्नु हरेक दिन यात्रा गर्नुपर्ने बाध्यता छ, सिद्धबाबा पुगेपछि यात्रु पनि सारै डराउँछन्”, लु२ख ४२९८ नंको बसका सहचालक नारायण बहादुर राना भन्छन्, “सिद्धबाबा भिर कटेपछि बल्ल सास फेर्छौं ।”

“बुटवल आउने काम परिरहन्छ तर सिद्धबाबाको सडकले सातो लैजान्छ, न त हिँडेर निर्वाह हुन्छ”, पाल्पा तानसेनकी मैना सुवेदी भन्छिन्, “भगवान्को नाम जपेर यात्रा गर्छु ।” सिद्धबाबा क्षेत्र हुँदै पश्चिम नेपाल बस व्यवसायी प्रालीका झण्डै ३०० गाडी आवतजावत गर्ने गरेको अध्यक्ष दधिराम खरेल बताउँछन् । “सडकको अवस्था ज्यादै नाजुक भयो”, अध्यक्ष खरेल भन्नुहुन्छ, “सरकारले सडकको विकल्प खोज्नुपर्छ ।”

सिद्धबाबा सडकको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले वैकल्पिक सडकका रुपमा बुटवलदेखि चरङ्गे हुँदै झुम्सासम्मको सडक निर्माण प्रक्रिया शुरु गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नुरमोहम्मद खाँ बताउँछन् । यो सडक निर्माणका लागि रु १० करोड बजेट विनियोजन भएको उनको भनाइ छ ।

सिद्धबाबा सडकको जोखिम सधैँका लागि अन्त्य गर्न सरकारले सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएको पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जानकारी दिए । “सिद्धबाबा सडकको विषयलाई सरकारले गम्भीर रुपमा लिएर सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएका छौँ”, उनले भने, “केही महीनामै टेन्डर गर्ने तयारी छ ।”