३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालगञ्जको विकासमा विशेष चासो’

अ+ अ-

राँझा । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्जको विकासमा प्रदेश सरकारले विशेष चासो दिएको बताएका छन् । नवनिर्मित बसपार्कको आज उद्घाटन गर्दै उनले प्रदेशको औद्योगिक शहरका रुपमा नेपालगञ्जलाई विकास गर्न प्रदेश सरकार लागि परेको बताए ।

“केही सरकारी कार्यालय विस्थापन हुँदैमा नेपालगञ्जको विकासको गति रोकिँदैन, नेपालगञ्ज विकासको प्रक्रियामा गइसकेको छ, अहिलेको अवस्था निरासाजनक अवस्था हुँदै होइन, हाम्रो सोच मात्रै निरासाजनक भएको हो”, उनले भने, “सरकारी कार्यालयका कारणमात्रै शहरको विकास होइन, शहरका कारण पनि सरकारी कार्यालयको उपस्थिति हुने गर्दछ, नेपालगञ्ज त्यस्तै शहरमा पर्दछ ।”

उनले नेपालगञ्ज विकास प्रक्रियामा प्रवेश गरे पनि केही विकास भएको छैन भनेर नकारात्मक टिप्पणी र आलोचना गर्नु गलत हुने उल्लेख गरे । प्रदेश सरकारले विकासको लय समातेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले निरासावादी मनोवृत्तिले समाजलाई बदल्न नसकिने भएकाले यो नीति समाजमा नेतृत्व गर्ने नीति नभएको बताए।

प्रदेश नं ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने सवालमा अग्रणी रहेको उल्लेख गर्दै उनले कुल गार्हस्थ्य वृद्धि दरका हिसावले सबैभन्दा माथि रहेको दाबी गरे । उनले भने, “प्रदेश नं ५ को कुल गार्हस्थ्थ उत्पादनको वृद्धिदर सात दशमलव सात छ, यो उच्चतम वृद्धिदर हो, सबै मिलेर अघि बढ्यौँ भने हामी उदाहरणीय बन्न सक्छौँ ।”

उहाँले नेपालगञ्जमा काठमाडौं पछिकै आधुनिक र भव्य संरचनासहितको बसपार्क सञ्चालनमा आएकामा खुशी व्यक्त गर्दै यसको संरक्षण र सम्वर्द्नमा कमी हुन नदिन उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणालाई आग्रह गरे । मुख्यमन्त्री पोखरेलले आजै उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसको समेत औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस