२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सय ३५ घरमा धारा, स्थानीयवासी हर्षित

अ+ अ-

वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौर, बद्धचौर र जामुनेका १३५ घरधुरीलाई लक्षित गरी ‘बेलचौर लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना’ मार्फत प्रत्येक घर–घरमा खानेपानीको धारा पुर्‍याइएको खानेपानी आयोजना समितिका अध्यक्ष निमप्रसाद खनालले बताए ।

‘गाउँभन्दा २४० मिटर तल रहेको कालीगण्डकी नदी किनारमा डिप बोरिङमार्फत ७२० मिटर लामो पाइपबाट गाउँमाथि रहेको ट्याङ्कीमा पानी तानेर खसालिएको छ’ समितिका अध्यक्ष खनालले भने, ‘गाउँभन्दामाथि एक लाख लिटर क्षमताको मुुख्य ट्याङ्कीमा पानी जम्मा गरेर ३५ वटा च्याम्बरमार्फत १३५ घरधुरीलाई खानेपानी वितरण गरिएको छ ।’

खानेपानी आयोजना सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारबाट रु दुई करोड २९ लाख, गल्याङ नगरपालिकाबाट रु १८ लाख र स्थानीयवासीको जनसहभागिता रु २० लाख ९१ हजार गरी कूल रु दुई करोड ६७ लाख ९१ हजारको लागतमा उक्त खानेपानी योजना निर्माण सम्पन्न भएको अध्यक्ष खनालले बताए ।

विसं २०७४ चैतबाट शुरु भएको आयोजना २०७६ असार मसान्तमा निर्माण सम्पन्न भई हिजो सोमबारबाट सञ्चालनमा आएको हो ।

‘यहाँ खानेपानी तथा बस्तुभाउका लागि पानीको निक्कै समस्या थियो’, अध्यक्ष खनालले भने, ‘बिहानको समय पिउने पानी तथा बस्तुभाउका लागि पानीको जोहो गर्न समय छुट्ट्याउने स्थानीयवासीका लागि अब पिठँयूमा पानी बोक्नुपर्ने समस्या टरेर गएको छ भने फुर्सदको समयलाई अन्य उत्पादनमूलक कार्यका लागि खर्चिने भएका छन् ।’