काठमाडौं । विप्लव नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन्।
नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पूर्व राज्यमन्त्रीसमेत रहेका विश्वकर्मा नक्खु बम विस्फोटमा पनि सम्लग्न रहेको जनाइएको छ।
विश्वकर्मा देव गुरुङ स्थानीय विकासमन्त्री हुँदा राज्यमन्त्री भएका थिए ।
यसअघि उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेपछि विश्वकर्मालाई इन्चार्ज बनाइएको थियो।