२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, काउन्टरका कर्मचारीहरु व्यस्त

अ+ अ-

काठमाडौं । दशैंको लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला गरिएको छ । काठमाडौंबाट चाडपर्वका लागि बाहिरिने यात्रुको संख्यालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले आजैदेखि टिकट बुकिङ खुला गरेको हो ।

चाड पर्वको समयमा अरु समयको भन्दा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुन्छ । अन्य पर्वको तुलनामा महान पर्व दशैंको समयमा हरेक वर्ष अग्रिम टिकट खुलाइने गरेको छ ।

टिकट काउन्टरमा एक्कासि भीड
आजदेखि खुलाईएको टिकट बुकिङको लागि बिहानैदेखि काठमाडौं स्थित नयाँ बसपार्कमा यात्रुहरुको भिडभाड लागेको छ ।

भिडभाड बढेपछि काउन्टरका कर्मचारीहरु व्यवस्त भएका छन् । आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जाने यात्रुहरू टिकट बुकिङको लागि बसपार्कमा झुम्मिएका छन् ।

नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका काउन्टरमा पनि भीडभाड देखिएको छ ।

रुट इजाजत खुला
दशैं, तिहार र छठको अवसरमा मुलुकभर नै सवारी साधनको रुट इजाजत खुला हुने भएको छ । सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारीसाधन चलाउन पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले दशैं, तिहार र छठ पर्वका अवसरमा बिना झन्झट सवारी धनीले आफ्नो सवारी साधन देशभरका जुनसुकै ठाउँमा पनि गुडाउन पाउने गरी सवारी साधनको रुट इजाजत खुला गरिने बताएको छ ।

सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो ससवारी साधन चलाउन कुनै रोकटोक नहुने विभागले जनाएको छ ।

दशैं र तिहारमा एक महिनासम्मका लागि रुट इजाजत खुला गरिने गरी गृहकार्य भइरहेको विभागले जनाएको छ ।