३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीलाई संसदीय गतिविधिबारे ज्ञान दिइयो

अ+ अ-

काठमाडौं । ठीक सामुन्ने सभामुखको च्याम्बर, दायाँबायाँ सत्तापक्ष र विपक्षीको सिट रोल, झट्ट हेर्दा साँच्चिकै सांसद्जस्ता, तर यो संसद् भवन भने होइन । यो कुमारीपाटीस्थित काठमाडौं भ्याली कलेजका विद्यार्थीलाई संसद्को अभ्यासबारे जानकारी दिन आयोजना गरिएको मक पारल्यामेन्टको दृश्य हो ।

दायाँबाँया सिट रोलमा सांसदहरुले आसन ग्रहण गरिसकेका थिए । अत्यासलाग्दो पखाईपछि मर्यादापालकको सुरक्षाको बीचमा सभामुखको आगमन भयो । आसन ग्रहणपछि सभामुखले भने, “संसदको कार्य प्रारम्भ हुन्छ । शून्य समय, विशेष समय साँच्चिकै संसद्मा जस्तै सञ्चालनको घोषणा भयो ।

नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेशनले वनस्पतिविद् प्रयागराज पाण्डेको शतवार्षिकीका अवसरमा विभिन्न कलेजका विद्यार्थीलाई नेपालको संसदीय व्यवस्था र संसद् गतिविधिमाथि जानकारी दिन मक पारल्यामेन्टसम्बन्धी प्रयोगात्मक कार्यक्रमको आयोजना गरेको हो ।

राष्ट्रिय विज्ञान दिवस तथा संविधान दिवसको अवसरसमेत पारेर आयोजना गरिएकोे सो कार्यक्रममा नेशनल ल कलेज, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट तथा कान्तिपुर भ्याली कलेजका ६० भन्दा बढी विद्यार्थीले भाग लिएका थिए ।

सांसदको भूमिकामा रहेका २२ विद्यार्थीले शून्य समयमा काठमाडौंमा थुप्रिएका फोहर, वातावरण प्रदूषण, प्लाष्टिकजन्य फोहर, नागरिक अधिकार, एक घर, एक शौचालय, शिक्षा प्राप्तिका हक, निजगढ विमानस्थल, स्वतन्त्र सञ्चारमाध्यम आदि विषयमा प्रश्न उठाएका थिए ।

सभामुखको भूमिकामा पूर्णहरि अमात्य तथा सांसदको भूमिकामा रहेका नेशनल कलेजका विद्यार्थी अप्सरा घर्तीमगर, सिजन मल्ल, दीक्षा अधिकारी, सुम्निमा पाण्डे, कान्तिपुर भ्याली कलेजका वसन्त चौधरी, सुरज श्रेष्ठ, प्रतिमा भुसाललगायतका २२ जनाले धारणा राखेका थिए ।

सो अवसरमा नेपाली काङ्ग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले नेपालमा संविधान जारी गर्दाको बखत सहमति जुटाउन निकै कठिन रहेको बताउँदै विसं २००७ पछि नेपालमा थुप्रै संविधान आए पनि जनताको पक्षमा यो पहिलोपटक राम्रो संविधान आएको बताए ।

यो संविधान परिवर्तनशील संविधान भएकाले जनताले चाहेको कुरा संविधानमा राख्ने र जनविरोधी कुरा हटाउन सक्ने बताउँदै उनले कलेजका विद्यार्थी सांसदहरुको शून्य समय, विशेष समय आदिको प्रस्तुतीकरण राम्रो रहेको बताउँदै यसले विद्यार्थीलाई भविष्यमा देश चलाउन ज्ञान दिने धारणा राखे ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष मधुसुदन विष्टले नेपालको संसदीय अभ्यासमा विकृति भित्रिएको बताउँदै विद्यार्थीलाई संसदीय गतिविधिको ज्ञान दिन र भविष्यका सांसदहरुलाई प्रशिक्षण दिन यो कार्यक्रमको आयोजना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस