२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिक्तेल–चखेवा सडकमा डेढ करोड क्षति

अ+ अ-

खोटाङ । यस वर्षको बाढीपहिराका कारण कालोपत्र थालिएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । गत जेठदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकको दिक्तेल–च्यानडाँडा खण्डमा निर्माण गरिएको टेवा पर्खाल, पुलको जीप तथा भित्ता भत्किएको छ ।

बाढीपहिराका कारण कालोपत्र सकिएको तथा निर्माणाधीन अवस्थामा रहेको सडक भत्किँदा रु डेढ करोड बढीको क्षति भएको ठेकेदार कम्पनी रमण गोल्डेन गुड जेबीका प्रबन्ध निर्देशक साङ्गे शेर्पाले बताए । उनले भने, “अन्य दर्जनौँ ठाउँमा पहिरो झरेकाले त्यसको मूल्याङ्कन गर्न बाँकी छ । पहिरोले अवरुद्ध सडक खुलाउनका लागि अहिले कम्पनीको यन्त्र प्रयोग गरेर हटाउने काम भइरहेको छ ।” गत असार २६ गतेदेखि लगातार परेको भारी वर्षापछि आएको बाढीले वडा नं ६ नेर्पाको माम्खामा निर्माण गरिएको मेशिनरी टेवापर्खाल करीब १५० मिटर भत्किएको छ ।

बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने छाकालुङ खोलामा निर्माण गरिएको पक्की पुल भत्किनुका साथै त्यस आसपासमा कालोपत्र गरिएको सडकको छेउ भाँसिएको छ । यसबाहेक अन्य दर्जनौँ ठाउँमा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवापर्खाल भत्किएको स्थानीयवासीले बताएका छन् । कतिपय ठाउँको कल्भर्डको जग नै भत्किएको छ भने, कतिपय ठाउँमा सडक फराकिलो बनाउँदा फालिएको माटोमाथि नै कालोपत्र गरिएकाले चर्किएको बताइएको छ ।

दिक्तेल–चखेवाभञ्ज्याङ ४६ किलोमिटर सडकको दिक्तेलदेखि बाँझेच्यानडाँडासम्मको सडक कालोपत्र चार भागमा विभाजन गरेर निर्माण भइरहेको छ । चार भागमा विभाजन गरी कालोपत्र थालिएको सो सडकको पहिलो खण्डमा पर्ने दिक्तेलदेखि नेर्पाको कालीखोलासम्म नौँ किलोमिटर सडक सम्पन्न भइसकेको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर ८८ किलोमिटर सडक खण्डमध्ये च्यानडाँडा–पेलुङसम्मको (१० किलोमिटर) ५० प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (आठ किलोमिटर) ५५ प्रतिशत र तीन नम्बर प्याकेज दारुला–कालिखोला (नौ किलोमिटर) ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतको सडक कालोपत्र नसकिँदै भत्किन थालेपछि यसबारेमा सरकारको ध्यानाकर्षण गराइने सांसद विशाल भट्टराईले बताए। अहिले धमाधम कालोपत्रको काम भइरहेको सो सडक सम्पन्न गर्न नेपाल सरकार र निर्माण कम्पनीबीच सम्झौता भएको मिति यसअघि नै नाघिसकेको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ काम थालिएको सो सडक कालोपत्रमा भूकम्प, भारतीय नाकाबन्दी तथा बाढीपहिराका कारण समयमा सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । चारवटै खण्ड आगामी असारभित्र सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको प्रबन्ध निर्देशक शेर्पाले बताए ।

सो सडकखण्डमा पर्ने आठ खोलामा निर्माण गरिने पुलमध्ये अहिलेसम्म चार वटा मात्र निर्माण सम्पन्न भएका छन् । आठमध्ये चार पुल निर्माणको ठेक्का रमण गोल्डेन गुड जेबीले नै लिएको थियो । रमण गोल्डेन गुड जेबीले जिम्मा लिएको कालिखोला, साप्सुखोला, लप्सेखोला, दाम्देखोलाको सडक पुल सकिएको छ । अन्यको भने अहिलेसम्म कामै शुरु भएको छैन ।

बेलामा पुल नबन्दा सडकको लाइनिङ गर्न समेत समस्या भएको ठेकेदार कम्पनीले जनाएको छ । सडक सकिएको खण्डमा पर्ने भालुखोला, छेपेखोलालगायतको पुल नबन्दा उक्त ठाउँमा सडक अपूरै छ । भालुखोला, छेपेखोला, मेवाखोलाको सडक पुलको बोलपत्र प्रक्रिया नै नबढेकाले समस्या भएको छ । पक्की पुल अभावमा सडक भए पनि खोला तार्न नसक्दा यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् । मध्यपहाडी लोकमार्गकै दिक्तेल–हलेसी सडक कालोपत्रको काम भने अन्तिम चरणमा पुगेको पाइएको छ । दशैँतिहार अगाडि सबै काम सम्पन्न गर्नेगरी कालोपत्रको कामलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ ।