२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटमा लोप हुँदै माटोका गाग्री

अ+ अ-

जाजरकोट । चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् ।

पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री हराएका हुन् ।

परिवारका साथै घरमा पाहुना आउँदा वा बटुवाले पानी माग्दा माटाको गाग्रीमा राखिएको चिसो पानी दिने चलन थियो । उक्त गाग्रीको चिसो पानी पिउने सन्तुष्ट हुने गरेको भेरी नगरपालिका– ३ का भीमबहादुर खत्रीले बताए । पाहुनाको पहिलो राजाइ नै यस्तै गाग्रीको पानी हुने गरेकाले यसलाई महत्व दिने गरेको उनको भनाइ थियो ।

हिजोआज जिल्ला सदरमुकाम मात्र होइन, गाउँगाउँमा समेत त्यस्ता गाग्रीका पानी भेटिदैन । बढ्दो शहरीकरण, देखासिकी र विद्युतीय सामग्रीको प्रयोगले परम्परागतरुपमा स्थापित प्रयोग हुँदै आएका यस्ता सामग्री लोप भएका हुन् ।

कसैको मृत्युका बेला माटोको गाग्रीमा रहेको पानी दिने चलनसमेत हराएको शिवालय–९ का धर्मबहादुर बुढाले बताए । उनले भने, ‘चर्को घाममा यात्रा गर्दा थाकेको शरीरलाई शीतल बनाउन यसरी चिसो पारिएको पानी पिउन दिइन्थ्यो तर अहिले त्यस्तो पाइँदैन ।’ कलधारा र मूलको पानी घरको भुइँतलाको कोठामा चिसो बालुवामा माटाका गाग्री राख्दा पानी चिसो हुने र त्यसबाट स्वाद तथा सन्तुष्टिसमेत हुने स्थानीयवासी बताउँछन् ।

आधुनिकतासँगै सिलाभरका भाँडा सस्तो दरमै बजारमा खरीद गर्न पाइने भएपछि माटोको गाग्रीको प्रयोगमा कमी आएको हो । कलकल बग्ने खोलाको पानी जस्तै चिसो अनि मीठो स्वाद भएको पानी पाउन अब अग्ला लेकतिर लाग्नुपर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका– ५ का जनकबहादुर शाहीको भनाइ थियो ।

खोला, नदी, मूल प्रशस्तै भएको जिल्लामा पनि खानेपानीको गतिलो योजना नभएका कारण पानीको हाहाकार हुनाका साथै बोतलको पानी किनेर पिउनुपर्ने अवस्था अहिले सिर्जना भइसकेको छ ।

जिल्लाको सबै ठाउँमा अहिले प्लाष्टिकका भाँडा प्रशस्त पाइने, माटाको पानीका भाँडा लिन टाढा जानुपर्ने र यस्ता भाँडा बनाउने कुमाले समुदायले हिजोआज आफ्नो पेशा नै परिवर्तन गर्न थालकाले पनि यस्तो अवस्था आएकोे चौरजहारी नगरपालिकाका गोपाल रेग्मीले बताए ।

बिक्री नै हुन छाडेकाले माटाका सामग्री निर्माण गर्नै छाडिएको चौरजहारीका कुमाले मानबहादुरको भनाइ थियो ।