४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो चन्द्रागिरि मेयर कप समापन

अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको गुर्जुधारामा आयोजित दोस्रो चन्द्रगिरी मेयरकप प्रतियोगिता समापन भएको छ । यहीँ भाद्र २७ गतेदेखि सुरु भएको मेयर कप तथा दसौँ राष्ट्रिय सिन क्युकोशिन कराते प्रतियोगिता आज समापन भएको हो ।

प्रतियोगितामा देशको २२ जिल्लका १७५ खेलाडी सहभागी थिए । पुरुषतर्फ ५ र महिलातर्फ २ गरी जम्मा ७ तौल समूहमा खेल खेलाइएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई पदक, शिल्ड र नगद प्रदान गरिएको छ ।

उत्कृष्ट खेलाडीमा पुरुषतर्फ काठमाडौँका सूर्यमान श्रेष्ठ र महिलातर्फ दोलखाकी अनुपा नेपाली छन् ।

आयोजक संस्थाले उक्त कार्यक्रममा चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठलाई विशेष सम्मान गरेको छ ।

विजयी खेलाडीहरूलाई बधाई तथा शुभकामना दिँदै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले स्वास्थ्य जीवनयापन तथा राष्ट्रको लागी खेलकुद अपरिहार्य रहेको बताइका छन् ।

उनले खेलकुदमै लागेर पनि खेलाडीको भविष्य बन्ने बताउँदै खेलकुद विकासका प्रशस्त सम्भावना भए पनि मुलुकमा सरकार फेरिएसँगै खेलकुदको नेतृत्व पनि परिवर्तन हुने रोग नै खेलकुद विकासको तगारोका रूपमा रहेको बताएका छन्।

उनले राजनीतिक छाँयाबाट खेलकुद क्षेत्रलाई उकास्ने दिशातर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए ।

कार्यक्रममा उपमेयर लिशा नकर्मीले सबै खेलाडीलाई एकाग्र भई खेलमा लाग्नु पर्ने बताएकी छन्। उनले महिलालाई अन्य व्यवसायमा जस्तै खेलकुदमा पनि अग्रसर भई लाग्न जोड दिइन्।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको आयोजक संस्थाका अध्यक्ष विक्रम नकर्मीले जानकारी दिएका छन् । उनले प्रतियोगितामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

शुक्रवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. ३ का प्रदेश सभा सभामुख माननीय सानुकुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस