२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशभित्र न्यायपूर्ण समाज निर्माण आवश्यक

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले ‘समृद्ध प्रदेश सुखी जनता भन्ने’ प्रदेशको मूल नारालाई सफल पार्न न्यायपूर्ण समाज निर्माण गर्नु आवश्यक रहेको बताएका छन् ।

प्रमुख झाले प्रदेश सरकारका तर्फबाट पूरा गर्नुपर्ने न्यायिक, कानूनी र संवैधानिक दायित्व बहन गर्ने कार्यमा मुख्य न्यायाधिवक्ता कार्यालयको अहम भूमिका रहने स्पष्ट पारे ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन प्रेश गर्ने कार्यक्रममा झाले प्रदेशभित्र शान्ति, सुरक्षा र कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा मुख्य न्यायाधिवक्ताको विशेष भूमिका रहनेमा जोड दिए ।

‘प्रदेशसभामार्फत जनतासमक्ष जाने यस प्रतिवेदनबाट प्रदेश सरकारले गरेका काम कारवाहीबारे जनतालाई सुसूचित हुने अवसर प्राप्त हुने र त्यसबाट शासन व्यवस्थामा जनताको सहभागितामा अभिवृद्धि हुन गई जनताप्रतिको जवाफदेहीता पूरा गर्न सहयोग पुग्ने विश्वास लिएको छु’,उनले भने ।

मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले ९० प्रतिशत मुद्दामा सफलता मिलेको बताए । उनले प्रदेश सरकारलाई विपक्षी बनाइ सर्वोच्च अदालत, उच्च अदालत तुल्सीपुर, अस्थायी इजलास बुटवल र नेपालगञ्जमा दायर भएका रिट निवेदनमा सफलता मिलेको उल्लेख गरे ।

मुख्य न्यायाधिवक्ता डिसीले आगामी आर्थिक वर्षदेखि दिगो विकासका लागि प्रथम पञ्चवर्षीय रणनीतिक योजनाको शुरुआत र अपराध न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले अपराध प्रवृत्तिको विश्लेषण कार्यक्रम सञ्चालन गर्ने बताए ।

कर्मचारी व्यवस्थापन र भौतिक संरचनाको अभावले ०७४ चैतदेखि ०७५ असारसम्म कुनै गतिविधि सञ्चालन गर्न नसकिएको जानकारी गराउँदै उनले मानवअधिकार, स्वतन्त्र न्यायपालिका, कानून र न्यायका सिद्धान्तप्रति दृढ रही सरकारले सम्पादन गर्ने कार्यको कानूनी प्रतिरक्षको लागि क्रियाशील रहने प्रतिबद्धता जनाए ।