२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखामा विज्ञान शिक्षकको अभाव

अ+ अ-

दोलखा । जिल्लाका अधिकांश विद्यालयमा विज्ञान शिक्षकको अभावका कारण पठनपाठनमा असर परेको छ । आइएससी, बिएससी र एमएससी पढेका धेरै विद्यार्थी भए पनि अध्यापन अनुमति पत्र नभएका कारण दरबन्दी खाली भएका विद्यालयमा विज्ञान शिक्षकको पदपूर्ति हुन नसक्दा पठनपाठनमा असर परेको हो ।

जिल्लाका १० विद्यालयमा लामो समयसम्म विज्ञान शिक्षकको दरबन्दी नभएका कारण पठनपाठनमा अप्ठ्यारो परेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शङ्करबाबु श्रेष्ठले बताए ।

एकाइका अनुसार हलेश्वर मावि सुरी, गर्जाङढुङा मावि मालि, नीलकण्ठेश्वर मावि जुङ्गु, जनज्योति मावि पुतलीकाठ, कालिका मावि फस्कु, सर्के मावि खरिढुङ्गा, जनप्रभात मावि झुले, भङ्गेरी मावि शैलुङ, कल्लाबारी मावि दूधपोखरी र कालिका मावि हावामा विज्ञान शिक्षकको दरबन्दी रिक्त छ ।

प्रमुख श्रेष्ठका अनुसार खाली भएका दरबन्दी विद्यालयले लुकाएर समयमा शिक्षा विकास तथा समन्वय एकाइमा जानकारी नगराएकाले यस्तो अवस्था आएको हो । पटक–पटक विज्ञापन गर्दासमेत विज्ञान विषयका शिक्षकका लागि दरखास्त नपरेको बताइएको छ । सरकारले दिने तलबमा विद्यालयको आन्तरिक स्रोतबाट रु ५/१० हजार मासिक थप्दासमेत शिक्षक पाउन समस्या भएको देवी माविका प्रधानाध्यापक किशोर दाहालले जानकारी दिए ।