२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गुबाट कञ्चनपुरमा पाँच प्रभावित

अ+ अ-

कञ्चनपुर । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार डेङ्गुको भाइरसबाट वेदकोटमा तीन, कृष्णपुर नगरपालिकामा एक र महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका एक गरी पाँच जना प्रभावित भएको पाइएको छ ।

वेदकोटका तीन जनाको निकटवर्ती भारतीय निजी अस्पताल र कृष्णपुरका एक जनाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको निरीक्षक जोशीले बताए । एक जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

शहरी क्षेत्रमा मात्रै बढी देखिने डेङ्गु ग्रामीण क्षेत्रमा देखिन थालेको उनले बताए । भारतबाट काम गरी फर्केकामा डेङ्गुको सङ्क्रमण बढी देखिएको छ ।

“डेङ्गुको भाइरस सार्ने लामखुट्टेले सफा पानी रहने टयाङ्की, गाग्रो, दहीको कतारो, बाल्टीन ड्रम, गमला, टायरमा जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले त्यस्तो पानी फाल्ने र पानी जम्ने खाल्टा खुल्टी पुर्नेलगायतका कार्य गर्नुपर्ने हुन्छ”, उनले भने।

डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मल्हमको प्रयोग गर्ने, राति र दिउँसो झुल भित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्टाखुल्टीमा पानी जम्न नदिने र झ्याल ढोकामा जालीको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मी माधवानन्द भट्टले बताए।

देशका विभिन्न भागमा डेङ्गु ज्वरोको प्रकोप बढ्न थालेकाले सबै सचेत हुनुपर्ने उहाँको सुझाव रहेको छ । डेङ्गु भएमा एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुची हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुनेलगायतका लक्षणहरु देखा पर्ने गरेका छन् ।

यसैगरी, केही बिरामीमा शुरुमै शरीरभरी खटिरा आउने, ज्वरो आइरहेका बेला नाक तथा गिजाबाट रक्तश्राव हुने, छालामुनी रक्त श्राव हुनेलगायतका लक्षण देखा पर्न सक्छन् । डेङ्गु ज्वरो भाइरसको कारणबाट लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार र खोप छैन । बिरामीमा देखिएका लक्षणका आधारमा उपचार हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा यस वर्षको अहिलेसम्म २० जना डेङ्गुका बिरामी फेला परेको निरीक्षक जोशीको भनाइ छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले राखेको तथ्याङ्कअनुसार सन् २०१७ मा डेङ्गुका एक बिरामी फेला परेका थिए । सन् २०१८ मा सात जना बिरामीमा डेङ्गुको भाइसरको सङ्क्रमण भएको पाइएको थियो । सङ्क्रमण भएका सबै भारतमा काम गरेर फर्केका व्यक्ति थिए ।
रासस