व्यभिचार रोक्न विवाहित पुरुषको नामावली प्रकाशित गर्ने तान्जानियाको योजना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

व्यभिचार रोक्न विवाहित पुरुषको नामावली प्रकाशित गर्ने तान्जानियाको योजना


११ भाद्र २०७६, बुधबार


काठमाडौं । तान्जानियाले व्यभिचार रोक्न नयाँ योजना बनाउने भएको छ । व्यभिचार र विवाहेतर सम्बन्ध रोक्न तान्जानियाले नयाँ योजना बनाउने भएको हो ।

अधिकारीहरूका अनुसार व्यभिचार र विवाहेतर सम्बन्ध रोक्न एउटा नयाँ योजना बनाइने छ । योजना स्वीकृत भयो भने सबै विवाहित पुरुषको नाम र तस्बिर सरकारी वेबसाइटमा राखिने जनाइएको छ ।

तान्जानियाको दार एस सलाममा विवाहेतर सम्बन्ध राख्न चाहने पुरुषले होस गर्नुपर्ने भएको छ । व्यभिचार घटाउने योजना स्वीकृत भयो भने सो सहरका सबै विवाहित पुरुषको नाम सार्वजनिक गरिने छ । यसो गर्नाले अविवाहित हुँ भन्ने त्यस्ता व्यभिचारी पुरुष पत्ता लगाउन महिलालाई पनि सहयोग पुग्ने छ । केही पुरुषहरु पहिल्यै विवाहित हुन्छन् । तर उनीहरु ढाँटर अरुका चेलीवेटीहरुसँग विहे गर्छन् । उसको परिवारले भने उ व्यस्त भएको वा कतै यात्रामा होला भन्ने ठान्छन् ।

दार एस सलाममा विभिन्न धर्मका मानिस बसोबास गर्छन् । यस्तो उपाय सफल हुन्छ भन्नेमा सबै विश्वस्त छैनन् । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस