२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा

अ+ अ-

रुकुमपूर्व । पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षेमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गाउँपालिका–११ सेरामा एक मेगावाट क्षेमताको विद्युत् आयोजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

एशियाली विकास बैंकको लगानीमा विद्युत् उत्पादन गरिने यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र तत्कालै बोलपत्र आह्वान गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताए। उनका अनुसार गाउँपालिकाको पाँच करोड र एशियाली विकास बैंकको २८ करोड गरी जम्मा ३३ करोडको लगानीमा आयोजना निर्माण हुनेछ ।

एक मेगावाट विद्युत् क्षमताको विद्युत् उत्पादन गरी गाउँपालिकालाई झिलीमिली बनाई बाहिर विद्युत् निर्यात गर्ने उद्देश्य रहेको गाउँपालिकाले बताएको छ । अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा अझै विद्युत् सुविधा पुग्न सकेको छैन ।

एक मेगावाटको विद्युत् आयोजना निर्माण भएपछि ती सबै साना आयोजनालाई पनि राष्ट्रिय प्रशारणमा जोडिनेछ । डेढ वर्षभित्र काम सम्पन्न गरिसक्ने गरी एशियाली विकास बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । रासस