काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७३ हजार ५ सय र तेजावी सुन ७२ हजार २ सय रूपैयाँ तोकेको छ ।
आईतबारको तुलनामा दुबैथरी सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले बृद्धि भएको हो । सोमाबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ८६० रुपैयाँ पुगेको छ ।