२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउँछौँ : मन्त्री मगर

अ+ अ-

काठमाडौं । खानेपानीमन्त्री बीना मगरले देशभरका प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउन सरकार लागिरहेको बताएकी छन् ।

देशभरका सबै प्रदेशका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार खानेपानी विभागले उपलब्ध गराएको ‘खानेपानी गुणस्तर परीक्षण मोबाइल भ्यान’को आज शुभारम्भ गर्दै उनले सबै जनतामा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउन सरकार लागिरहेको बताउएकी हुन् ।

‘संविधानले नै हरेक नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी पिउने अधिकारको ‘ग्यारेन्टी’ गरेको छ, त्यसलाई परिपूर्ति गर्न सरकार गम्भीर ढङ्गले लागेको छ’, उनले भनिन् । पानी र ढलका सम्बन्धमा सरकार योजना बनाएर अगाडि बढेको उनको भनाइ थियो ।

मन्त्री मगरले विपद्का बेला कतिपय जनताले स्वच्छ र शुद्ध खानेपानी पिउन नपाएर बिरामी पर्ने गरेको बताउँदै खानेपानी गुणस्तर मोबाइल भ्यानको उपलब्धतासँगै सबै जनताले स्वच्छ र शुद्ध खानेपानी उपभोग गर्न पाउने बताइन् ।

ग्रामीण क्षेत्रमा सञ्चालित कतिपय आयोजनामा गुणस्तरीय पानी आए पनि कतिपय आयोजनामा गुणस्तरहीन पानी आउने गरेको बताउँदै उनले गुणस्तरहीन पानीको स्तरवृद्धिका लागि सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको उल्लेख गरिन् ।

खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दासले मोबाइल भ्यानको प्रयोगसँगै सबै प्रदेशका विभिन्न क्षेत्रमा पुगेर पानीको गुणस्तर परीक्षण गरिने बताए। यस्तै, विपद्को बेला पानी शुद्धीकरण सामग्री लगेर विपद् प्रभावित क्षेत्रमा वितरण गरिने हुँदा सबै जनताले शुद्ध खानेपानी प्रयोग गर्न पाउने उनको भनाइ थियो ।

रु दुई करोड १६ लाख लागतमा विभागले किनेको पाँच वटा भ्यान आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवल, पोखरा, सुर्खेत, जनकपुर र भरतपुरलाई मन्त्री मगरले वितरण गरेकी हुन् । विभागले गत वर्ष सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी र धनगढीलाई भ्यान वितरण गरेको थियो ।