२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माक्र्सवाद प्राचीन दर्शनसङ्गत : नेता खनाल

अ+ अ-

काठमाडौं । एशियामा शुरु भएका विभिन्न दर्शनसँग माक्र्सवादको समानता एवं असमानताका बारेमा पहिलोपटक छलफलको थालनी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको संयुक्त आयोजनामा आजदेखि शुरु भएको माक्र्सवाद र एशियाली दर्शन अन्तर्राष्ट्रिय दुईदिने सम्मेलनमा यससम्बन्धी बहस शुरु भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले एशियाली चिन्तनको मध्यभागमा नेपाल रहेकाले धेरै दर्शनको शुरुआत यही भूमिबाट भएको बताए । ‘माक्र्सले एशियाली दर्शनको अध्ययन गर्ने अवसर पाएन, बाँकी दर्शनको अध्ययन गरेपछि तयार पारेको माक्र्सवादी दर्शन सत्यको नजिक छ, माक्र्सवाद प्राचीन दर्शनसङ्गत छ’, उनले भने ।

नेपालमै विकास भएको चर्चा गरिने किचकवध, चारकोशे झाडीकोबीचको विराट राजाको दरबार जस्ता स्थलको अझै उत्खनन् हुन नसकेको बताउदै नेता खनालले जनकपुर र लुम्बिनीबाट पनि दर्शनको विकास भएकाले यसको महत्व अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्नुपर्ने विचार राखे ।

चितवनको वाल्मीकि आश्रम, पश्चिम नेपालको सिञ्जा सभ्यता र मुस्ताङको ५ हजार वर्ष पुरानो ‘सिल्क रोड’ को सभ्यता, उपत्यकामा विकास भएको शैव र किरात सभ्यतालाई प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा उपयोग गर्न सकिनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पहिलोपटक आयोजना गरिएको यो विषयको सम्मेलने विश्वलाई सन्देश दिन सक्नुपर्ने बताए ।

‘ज्ञानमा आधारित समाज निर्माणका लागि अनुसन्धानमा विश्वविद्यालय अघि बढ्नुपर्छ, विभिन्न दर्शनका सकारात्मक पक्षलाई अङ्गालेर उन्नत जीवनयापन गर्न सकिन्छ, वेद, पुराणलगायत ग्रन्थले उल्लेख गरेका नैतिकतालगायत मानवीय मर्यादाका विषयमा नयाँ खोज गर्नुपर्छ’, उनले भने । योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि विधेयक मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पुगेको, योग ध्यानलाई पाठ्यक्रममा समावेश गरिएको जानकारी पनि सो अवसरमा मन्त्री पोखरेलले दिए ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपा मालेका महासचिव सीपी मैनालीले माक्र्सवादी दर्शनको प्रयोग समाज परिवर्तनमा भए पनि अन्य क्षेत्रमा हुन नसकेको बताए । ‘अझै कमजोर सामन्तवाद बाँकी छ, आफन्त पूँजीवाद हाबी भएको छ, सामाजिक न्यायमा आधारित पूँजीको आवश्यकता झनै बढ्न थालेको छ’, उनले भने ।

गत निर्वाचनपछि भीमकाय बनेको नेकपाले ठीकसँग दिशा लिन नसके समाजले केही नपाउने खतरा आफूले देख्न थालेको नेता मैनालीले बताए । सङ्घीय समाजवादी फोरमका नेता एवं सांसद राजेन्द्र श्रेठले पुष्पलाल श्रेष्ठले नेकपा स्थापना गरेर भित्र्याएको माक्र्सवादले नयाँ ज्ञानको ढोका खोल्ने विश्वास व्यक्त गरे ।

संस्कृत विश्वविद्यालयमा २५ हजार वर्षअघिको अनुसन्धान गर्न सकिने नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा.कुलप्रसाद कोइरालाले भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट पाठ्यक्रम ल्याएर फोटोकपी गरी पढाउने परम्परालाई अन्त्य गर्न आफैँ खोज शुरु गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

अन्य विश्वविद्यालयमा एक हजार वर्ष अघिसम्मका विषय मात्र अनुसन्धान गर्न सकिने भए पनि संस्कृत विश्वविद्यालयमा रहेका हस्तलिखित ग्रन्थका आधारमा २५ हजार वर्ष अघिसम्मको अनुसन्धान गर्न सकिने जानकारी पनि उनले दिए । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले लुम्बिनी क्षेत्रमै क्रकुच्छन्द, कनकमुनि र शाक्यमुनि बुद्ध गरी तीन बुद्धको जन्म भएको प्रसङ्ग उल्लेख गदै ती दर्शनको वृहत अध्ययन हुनुपर्नेमा जोड दिए ।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले माक्र्सवादलाई राजनीतिबाट प्राज्ञिक क्षेत्रमा ल्याउने र दुवैमा नयाँ विषय के छन् भन्ने अध्ययन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा माक्र्सीय गुरुकुलका अध्यक्ष सोनाम साथीले प्राचीन र आधुनिक दर्शनका बीच संवाद गराई वर्तमानको समस्या समाधानका लागि के उपाय निकाल्न सकिन्छ भन्ने उद्देश्यसमेत कार्यक्रमको रहेको जानकारी दिए । दुवैमा ‘मुक्ति मोक्ष कैवल्य’ को दर्शन रहेको आफूले पाएको उनले उल्लेख गरे ।

कार्यक्रममा आयोजक समितिका डा. काशीनाथ न्यौपाने, डा.खगेन्द्र प्रसाइँ, अक्सफोर्ड विश्वविद्यालयका प्रा गीट्टे पोल्सन, चिनियाँ प्रतिनिधिमण्डलका नेता प्रा. लिउ सियाओथिङ, भारतीय प्रतिनिधिमण्डलका संयोजक प्रा सदानन्द दीक्षित, लोकनारायण सुवेदी, रामप्रकाश पुरी र आयोजक समितिका सदस्य सचिव डा. प्रेमराज न्यौपाने लगायतले दुवै दर्शनका बीचको समानता र असमानताको छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका थिए ।

मङ्गलबारसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, चीन, जर्मन, बेलायतलगायत देशका गरी ३०० को सहभागिता रहेको आयोजक समितिले जनाएको छ । सम्मेलनमा माक्र्सवाद र एशियाली दर्शनसँग सम्बन्धित २८ कार्यपत्र प्रस्तुत गरिने छ । अन्त्यमा काठमाडौँ घोषणा पत्र जारी गरिने आयोजक समितिका सदस्य सचिव न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस