३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेर जाँदै शिलाजित

अ+ अ-

बैतडी । बैतडीका भीरहरूमा पाइने बहुमूल्य जडीबुटी शिलाजित खेर गइरहेको छ । शिलाजितको उत्खनन र प्रशोधन हुन नसक्दा करोडौँ मूल्यका शिलाजित खेर गइरहेको हो । ठूलाठूला चट्टानहरूमा गर्मी महिनामा चुहिने शिलाजितको उचित सङ्कलन र प्रशोधन अहिलेसम्म हुन सकेको छैन ।

जिल्लाका धेरैजसो ठाउँमा शिलाजित भएपनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय बैतडीका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए । गाउँघरमा परम्परागतरूपमा ठूलाठूला चट्टानका भीरहरुबाट स्थानीयहरुले निकालेर शिलाजित बनाउने गरेको तर व्यावसायिकरूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको उनले बताए । “शिलाजित हरेक बिरामीहरुका लागि उपयोगी छ”, उनले भने, “ शिलाजितलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिन्छ, चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीहरुका लागि यसको बढी मात्रामा प्रयोग गर्ने गरिएको छ ।”

बजारमा शिलाजित ‘क्याप्सुल’को रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भीरका चट्टान तथा ढुङ्गाहरु पग्लेर शिलाजित निस्कने गरेको आयुर्वेद औषधालय मुस्याचोरले जनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–१० झुलाघाट नजिकैको मौरा भीर, पञ्चेश्वरको बलाराभीर, सुर्नयाको रौलेश्वर भीरलगायत ठूलाठूला भीरहरुमा शिलाजितको खानी रहेको वरिष्ठ वैद्य कलौनीले बताए । शिलाजित दुई किसिमको हुने कलौनीले बताए । भीरबाट सङ्कलन गरेर ल्याइएका शिलाजितयुक्त ढुङ्गाहरुबाट दुई किसिमको शिलाजित निकाल्न सकिने उनको भनाइ छ ।

शिलाजितलाई जडीबुटीहरूको राजा मानिन्छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजितमा पाइन्छ । सूर्यको किरणमा शिलाजितयुक्त ढुङ्गा राखेर त्यसबाट शिलाजित सङ्कलन गरिएमा त्यसलाई सूर्यतापी शिलाजित भन्ने गरिन्छ । शिलाजितयुक्त ढुंगालाई आगोमा गाईको गहुँतसँग पकाएर सङ्कलन गरेमा त्यसलाई अग्नितापी शिलाजित भन्ने गरिन्छ । भीरबाटै सङ्कलन गर्न सके निकै शुद्ध शिलाजित निस्कन्छ ।

बैतडी जिल्लामा शिलाजितसँगै ६२ भन्दा बढी अन्य जडिबुटी रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । शिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको डिभिजन वन अधिकृत केशव पराजुलीले बताए ।

बिरामीका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजितको निकै महत्व रहेको बताइन्छ । यौन दौर्बल्य अर्थात् नपुङ्सकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछ । विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ ।

आयुर्वेदअनुसार शिलाजितको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजित हो । हेर्दाखेरि यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चम्किलो हुन्छ ।

उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजितको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुने आयुर्वेदका ज्ञाताहरू बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस