काठमाडौं । नेपाल एयरलाइन्स सुधारका लागि पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल गठन गरेको हो ।
बुधबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट कार्यदल गठन भएको हो । कार्यदलको संयोजकका पूर्वसचिव सुशिल घिमिरे छन् । अन्य सदस्यहरुमा लेखा विज्ञमा प्रमोद कर्ण, व्यवस्थापन विज्ञमा डिम प्रकाश पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन् ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन् । कार्यदलले एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्नुपर्ने छ ।