लोक सेवाको विज्ञापन ऐनबमोजिम : मधेसी आयोग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लोक सेवाको विज्ञापन ऐनबमोजिम : मधेसी आयोग


२२ श्रावण २०७६, बुधबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

ललितपुर । मधेसी आयोगले लोक सेवा आयोगको विज्ञापन ऐनबमोजिम रहेको बताएको छ ।

आयोगले लोक सेवाले गरेको विज्ञापनमा सर्वोच्चले आफ्नो आदेश दिइसकेकाले बोल्न नमिल्ने बताएको हो । आयोगको विज्ञापन उसको आन्तरिक मामिला रहेको जनाउँदै मधेसी आयोगले अर्को संवैधानिक निकायको आन्तरिक मामिलामा टिप्णी गर्न नहुने जनाएको छ ।

गत आर्थिक वर्षमा आयोगले गरेको कामकाजको विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले विज्ञापनबारे उजुरी परेपछि तत्कालै लोक सेवा आयोगसित छलफल गरेको जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस