२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जालमा हराएको मानवीय संवेदनशीलता

अ+ अ-

एक जना साथीले केही दिन पहिले मात्र आफ्नो फेसबुक स्टाटस लेखिन् ”जब आफ्नो बुबा आमाको मृत शरीरको फोटो अपलोड गर्दै सन्तानले आत्माको चिर शान्तिको कामना गर्छन्। सोचाई आउँछ कसरी सकेका होलान् मृत-बा आमाको फोटो खिच्न र सामाजिक सञ्जालमा पोस्ट गर्न अनि श्रद्धाञ्जली दिन। भावना र संवेदनाको यात्रा मोडिएको देखेर दु:ख लाग्छ।” त्यो भन्दा अलिक अघि युनिभर्सिटीका मेरा एक जना साथीले आफ्नी आमाको मृत्यु भएको खबर लास बाँध्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राखेर गराएका थिए। मैले त्यो तस्बिर हेर्नै सकिन।

मैले आफै देखेको घटनाले मलाई कहिलेकाहीँ अझै झस्काई रहन्छ । केही महिना अगाडि कर्मचारी सङ्गठनका जिम्मेवार पदाधिकारीकी आमा बित्नु भयो। खबर थाहा पाए लगत्तै कर्मचारी नेताहरूले सङ्गठन भित्र कै प्रचार प्रसार क्षेत्र हेर्ने एक जना सदस्यलाई सबै सदस्य तथा शुभचिन्तकलाई खबर गर्न जिम्मेवारी दिइएको रहेछन् । खबर गर्ने जिम्मेवारी पाएका ती कर्मचारीले साथीको आमा नभएर साथी नै बितेको भन्ने बुझेछन् र हतार हतार साथीको तस्बिर राखेर फेसबुकमा श्रद्धाञ्जली स्टाटस लेखेछन् र साथीहरूलाई पनि त्यसै भनेर खबर गरेर साथीको लास हेर्न अस्पताल आउँदा त साथी त जिउँदै पो छन् । अनि ती साथीले आश्चर्य मान्दै उक्त साथीको नाम लिएर हैन उहाँको को बित्नु भएको भनेर मलाई सोधे मैले उहाँको आमा भने पछि उहाँले सबै वृत्तान्त सुनाउँदै लौ बित्यो भन्दै फेसबुक स्टाटस मेट्न थाले।

सामाजिक सञ्जालले हिजोआज मानिसलाई सञ्चारका लागि धेरै सहज बनाएको छ । मनमा खेलेका कुराहरू समेत सामाजिक सञ्जालमा लेखेर सामाजिक विषयवस्तु बनाउन सकिन्छ । धेरै पुराना साथीसँग अनायासै भेट हुन्छ। कुराकानी हुन्छ। क्षण क्षणका तस्बिरहरू राखेर साथीसंगीको प्रतिक्रिया लिन सकिन्छ। आधुनिक सञ्चार प्रविधिले मानव समाजलाई दिएको ठुलो उपहार हो यो । तर यिनै सुविधालाई कहिलेकाहीँ हामीहरू निकै नै असोभनीय तरिकाले प्रयोग गर्छौ। फेसबुकको भित्तो त आफ्नै हो तर त्यहाँ राख्ने कतिपय विचार तथा तस्बिरले कतै अरूलाई त कुनै हानि भएको छैन ? भन्ने कुनै हेक्का राख्ने संस्कार हामी मध्ये धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा विकास भएकै छैन। कसैले आफ्नो फेसबुक भित्तामा लेखेको देखिन्छ साथीको बिहेमा बेहुला बेहुलीसँग भनेर तस्बिर राखेको तर उनीहरूलाई थाहा समेत हुँदैन कि अनुमति विना साथीको तस्बिर सामाजिक सञ्जाल राख्नु हुँदैन भनेर। त्यति मात्र कहाँ हो नितान्त घरायसी मामिलाका विषयहरू समेत सामाजिक सञ्जालमा राख्ने गरेको पाइन्छ। एक जान साथीले आफ्नी एघार-बाह्र वर्ष की छोरीले लुगा फेर्दै गरेको तस्बिर राखेर ”मेरी नक्कली छोरी” भनेर तस्बिर राखेकी थिइन् सामाजिक सञ्जालमा ।

कोहीले ”आज मासु भात खादै”, आज घरमा झगडा भयो”, ”अब सुत्न गइयो है” जस्ता कुरा आफ्नो फेसबुकमा लेखेर आनन्द लिइरहेका हुन्छन्। तर सामाजिक सञ्जालमा जोडिएका साथीको बुझाइ के होला भन्ने होस धेरैले राख्ने गरेको पाइँदैन। अझ तिहारको बेलाको प्रसङ्ग अझै बेग्लै छ। तिहारको भाइटिकाको दिन केही साथीहरूले फुल टिका लगाएर ” आज भाइटिका मनाइयो” भनेर श्रीमान् श्रीमितिको संयुक्त तस्बिर फेसबुकमा राखेको पाइयो। अनि कमेन्ट गर्नेहरूले चाहिँ ”आहा ! कति राम्रो दाजु बहिनीको तस्बिर” भनेर लेखेको पनि देखियो।उहाँहरूलाई पत्तै भएन कि यस्तो तस्बिरमा अरूको बुझाइ के होला भनेर। कुनै ठाउँमा बस दुर्घटना भयो भने सामाजिक सञ्जालमा बग्रेल्ती लासको फोटोहरू प्रविष्ट गरेको देखिन्छ। तर उक्त तस्बिर देख्दा मृतकका आफन्तको मन कस्तो होला भन्ने कुनै होसियारी अपनाएको पाइँदैन। यिनै सामाजिक सञ्जालमा आएका विषयहरूलाई लिएर केही अनलाइन मिडियाहरूले समाचार नै बनाउँछन्।

कुनै डिभोर्स भइसकेको जोडी छ भने पनि कुनै विषयलाई जोडेर दुवै जनाको तस्बिरसँगै राखेर समाचार बनाएको समेत देख्न सकिन्छ। सामाजिकत सञ्जालको प्रयोग मुख्य गरेर फेसबुकले धेरैको सम्बन्ध जोडेको छ त कसैको तोडेको पनि छ। कसैलाई नजिक बनाएको छ, कसैलाई टाढा बनाएको छ। कसैलाई सूचना प्राप्त भएको छ, कसैको सूचना हरण भएको छ। आखिर यी सबै उपलब्धि र हानि हामीले सामाजिक सञ्जाल कसरी प्रयोग गरेका छौ भन्ने कुरामा नै निर्भर हुने गर्छ।

आफूलाई मनमा लागेको कुरा सामाजिक संचालमा लेख्नु आफ्नो निजी चाहाना हुन सक्ला तर त्यसले समाजमा के सन्देश दिन्छ भनेर कुरा आफ्नो विवेकमा भर पर्ने भएकोले अरूलाई असहज लाग्ने विषय सार्वजनिक ठाउँमा नराखेकै राम्रो। आफ्नो घरको भित्ता त हो भनेर मनपरी लेख्न कहाँ पाइएला र । अनि अर्को संवेदनशीलताको विषय पनि छ। आफ्नै बाबु आमा को मृत्युमा सम्म फेसबुकमा हृदय विदारक तस्बिर राखेर कमेन्ट र लाइक गन्दै बस्नु कति जायज होला त ! कसैको मलामी जाँदा लास जलाउँदै गरेको तस्बिर राखेर श्रद्धाञ्जली दिनु ले मृतक प्रति श्रद्धाञ्जली हुन्छ? घरपरिवारमा संवेदना हुन्छ कि झन् पिडा थपिन्छ। कुनै विपत्तिको समयमा राहत बाँड्नु पर्दा तथा कोही व्यक्तिलाई सहयोग गर्नु पर्दा केही जिम्मेवार कर्मचारी तथा पदाधिकारीहरूले समेत आज यो अवसरमा यो व्यक्तिलाई राहत वितरण गर्दै भनेर मुसुक्क हाँसेर राहत दिँदै गरेको तस्बिर फेसबुकमा अपलोड गर्नु ले के सन्देश दिन्छ? मानौँ म विधाता हु र लिनेहरू सबै निर्जीव हुन् भन्ने सोचाई बाहेक अरू के हुन सक्ला। सामाजिक सञ्जाल चलाउन जान्ने भइसकेका हामीहरू सामाजिक संवेदनशीलतासँग जोडिएका यस्ता विषयहरूमा किन चुकिरहेका छौ ?

सामाजिक सञ्जाल के कसरी प्रयोग गर्ने भन्ने कुरा कानूनले समेत प्रस्ट पारेको छ। हामीले जुन सामाजिक सञ्जाल चलाउँछौ त्यही प्रविधिमा गोपनीयता र सुरक्षाका सर्तहरू समेत दिएको हुन्छ। तर महत्त्वपूर्ण कुरा हामीले सञ्चार प्रविधिको प्रयोग गर्ने संस्कारको हो। आधुनिक सूचना प्रविधिको युगमा सुख, दुख, पिर, पिडा लगायत नौ रसकै भावना पोख्न सकिन्छ सामाजिक सञ्जाल मार्फत। यसरी आफ्ना भावनाहरू पोख्दा सामाजिक मर्यदा र मूल्यहरू प्रति पनि सचेत त हुनै पर्ने हो। हामीले सभ्य र शिष्ट तवरले सूचना प्रविधिको उपयोग गरेर अर्काको मर्म प्रति समेत संवेदनशील बन्ने हो भने मात्र सूचना प्रविधिको युगको सारभूत अर्थ रहने छ। अनि मात्र नै समाजलाई बिस्तारै सुसंस्कृत र सभ्यता तर्फ डोर्‍याउन सहयोग गर्न सक्छ।