३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : परिसूचक उकालो लाग्नेक्रम निरन्तर

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.९० अङ्कले बढेर एक हजार २८४.०७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ ले वृद्धि भई २७६.१३ मा पुगेको छ ।

परिसूचक बढे पनि कारोवार रकममा उत्साह देखिएन । आज कूल १७० कम्पनीका १३ लाख ४६ हजार ३३० कित्ता शेयर रु ४४ करोड ३४ लाख ८१ हजार ३९१ मा खरीद बिक्री भए । कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । वित्त १ र उत्पादन २.३४ अङ्कले घट्दा बैंकिङ ६.२३, होटल ४०.३६, विकास बैंक ८.५, जलविद्युत् २.२८, निर्जीवन बीमा ६८.४४, अन्य ३.१६, लघुवित्त १४.९८, जीवन बीमा ८.२१ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले बढेको छ ।

स्टकका अनुसार कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ९९ लाख ४४ हजार ४८९ को कारोवार भयो । कृषि विकास बैंकको रु दुई करोड ६६ लाख ६९ हजार ३८४, प्रभु बैंकको रु दुई करोड ६० लाख ५९ हजार ५५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५९ लाख २४ हजार ७६१, एनआइसी एशिया बैंकको रु एक करोड ५२ लाख ४१ हजार ८७९ र नवील बैंकको रु एक करोड ४४ लाख ६४ हजार ८५ मा खरीद बिक्री भए ।

परिसूचक बढे पनि युनियन हाइड्रोपावर लिमिटेडका शेयरधनीले ५.०५, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७३, प्रोग्रेसिभ फाइनान्स लिमिटेड ३.५०, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३ र वेष्ट फाइनान्स कम्पनीका शेयरधनीले २.८८ प्रतिशतले गुमाए ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३, मिथिला लघुवित्त वित्तीय संस्था ८.५०, दिव्यश्वरी हाइड्रोपावर ७.८१, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.६९ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.६८ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस