२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगारी सृजना हुने गरी नेपालमा लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई मन्त्री विष्टको आग्रह

अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल राजनीतिक स्थायित्वसँगै अगाडि बढेको भन्दै थप रोजगारीका अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरे ।

काठमाडौँस्थित गणतन्त्र कोरियाली दूतावास र अङ्कुर नेपाल संस्थाले आज यहाँ आयोजना गरेको ‘गणतन्त्र कोरियाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका’ विषयको कार्यशालालाई सम्बोधन गर्दै उनले नोपलमा कृषि ऊर्जा, पर्यटन, खनिजलगायत क्षेत्रमा लगानीको प्रचूर सम्भावना रहेको बताए । ‘नेपालमा लगानीको थुप्रै सम्भावना छन्’, मन्त्री विष्टले भने, ‘रोजगारीका सिर्जना हुने गरी लगानी गर्नुहोस् ।’ दुई देशका निजी क्षेत्रबीच असल औद्योगिक तथा व्यापारिक सम्बन्ध बनाउन आग्रह गरे ।

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली युवा अत्यन्त इमान्दार कामदारका रुपमा चिनिएको उल्लेख गर्दै मन्त्री विष्टले कोरियामा लुकेर बस्ने प्रवृत्तिको अत्य गर्नु आवश्यक भएको बताए । उनले करार अवधि सकिएपछि नेपाल फर्कन र अवैधरुपमा नबस्न आग्रह गरे ।

वार्षिक अर्बौ रकम विप्रेषणका रुपमा नेपाल भित्रिए पनि झन्डै ९० प्रतिशत बढी उपभोग्य वस्तुको खरिदमा खर्च भएको तथ्य पेश गर्दै मन्त्री विष्टले विप्रेषणलाई पूँजी निर्माणमा लगाउन आग्रह गरे । ‘विदेश पठाएको रकम खर्चमात्रै भएको छ, यसबाट पूँजी निर्माण हुन सकेको छैन’, उनले भने, ‘ठूलो हिस्सा बचत गर्न र पूँजी निर्माणमा लगाउन ढिला गर्न हुँदैन ।’ उनले सानो लगानी भए पनि उद्यमी मानसिकताका साथ रोजगारी सिर्जना गर्नेतर्फ अगाडि बढ्न आग्रह गरे ।

वैदेशिक रोजगारीलाई सुरक्षित र बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्दै उनले नेपाली युवालाई सीपयुक्त बनाउन कोरिया सरकारको सहयोगको अपेक्षा गरे । मन्त्री विष्टले भने, ‘उल्लेख्य मात्रामा जनशक्ति उत्पादन गर्न सीप केन्द्र स्थापना गर्न छलफल गरौँ ।’

सो अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया सरकारको आर्थिक तथा प्राविधिक सहायतामा थुप्रै आयोजना सञ्चालनमा भइरहेको बताए । कोरिया सरकारले श्रम बजारमा नेपाली युवालाई प्राथमिकता दिएको उनको भनाइ थियो । अर्थशास्त्री विश्व पौडेलले कोरियाबाट फर्केका युवालाई कृषि, ऊर्जा, होटललगायत क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

दक्षिण कोरिया सरकारले सन् २००८ देखि नेपाली युवालाई कोरियाको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । सन् २००७ मा नेपाली कामदारलाई कोरियामा रोजगारीका अवसर उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको थियो ।

हालसम्म दक्षिण कोरियामा ६३ हजार नेपालीले रोजगारीका अवसर प्राप्त गरेका छन् । कोरियाले रोजगार अनुमति प्रणालीमार्फत नेपाली युवालाई कोरिया लैजाँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस