२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानहरु चिया खेतीतर्फ आकर्षित

अ+ अ-

चौतारा । आफूले दुःख गरेर लगाएको अन्न बालीलाई बाँदर, दुम्सी र बँदेल लगायतका जङ्गली जनावरले हरेक वर्ष नोक्सान गर्न थालेपछि सिन्धुपाल्चोक लेकाली भेगका किसानले विकल्पका रुपमा चिया खेती गर्न थालेका छन् ।

समुद्री सतहबाट करीब दुई हजार ५०० मिटरको उचाइमा पर्ने चौतारा सागाचोकगढी नगरपालिका–१ स्याउलेअन्तर्गतका सानो ओख्रेनीमा यस वर्ष ६ हजार ६०० चियाका बिरुवा लगाउने कार्यक्रमअन्तर्गत चार हजार २०० बिरुवा रोपिएको वडाध्यक्ष सानुकान्छा श्रेष्ठले बताए ।

लेकाली भेग भएकाले वर्षको एक बाली जौ, करु र आलु मात्र हुने सो गाउँमा किसानले वर्षदिन खाने खाद्यान्नका लागि अन्य पेशा अपनाउँदै आएका छन् । दुःख गरेर लगाएको त्यही बाली पनि प्रत्येक वर्ष बाँदर, दुम्सी र बँदेलले नोक्सान गर्न थालेपछि विकल्पका रुपमा चिया खेती शुरु गरिएको छ । चिया लगाउँदा जनावरबाट जोगिनाका साथै अन्तर्राष्ट्रिय बजारमा समेत पुग्ने हुँदा आयस्रोत पनि राम्रो हुने भएकाले त्यसतर्फ आकर्षित भएको वडा सदस्य रवीन्द्र शर्माले थप्नु भयो । हाल आठ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा खेती शुरु गरिएको छ ।

राष्ट्रिय चिया विकास बोर्डले सम्भाव्यता अध्ययन गरी उपयुक्त देखेपछि जिल्लाकै भोटेचौरस्थित नर्सरीबाट बिरुवा झिकाएर रोप्न शुरु गरिएको हो । त्यसका लागि पहिलो चरणमा २५ सदस्यीय कृषक समूह गठन गरिएको छ । किसानले चियासम्बन्धी अल्पकालीन तालीमसमेत लिएका छन् ।

त्यसैगरी गत वर्ष हेलम्बु गाउँपालिका–१, २, ४, ६, ७ सहित ५ वडामा ३१ हजार अर्थोडक्स चिया खेती शुरु भएको थियो र त्यसको नतिजा राम्रै निस्केको छ । भोटेकोशी गाउँपालिका, पाचँपोखरी थाङपाल गाउँपालिकालगायत हिमाली भेकका किसान पनि परम्परागत अन्नबालीको विकल्पमा किवी, स्याउ, चिया, कफी तथा अलैँची जस्ता नगदेबालीतर्फ आकर्षित भएको पाइएको छ ।

जिल्लाका प्रायः सबै ठाउँमा बाँदरको बिगबिगी बढ्न थालेपछि खेतको धान भित्र्याएपछि हिउँदे बालीका रुपमा लगाइने गँहु तथा मकै बाली प्रायःजसोले लगाउनै छाडिसकेका छन् ।